पोखरामा सामूहिक खि ल्होसार

आदर्श समाज सम्वाददाता
पौष १७, २०७४
IMG_8211

पोखरा, १६ पुस। कस्केली तमुहरूले सामूहिक रूपमा भव्यताका साथ नयाँ वर्ष (खि) तमु ल्होछार/ल्होसार २०७४ सामुहिक रूपमा आइतवार मनाए।

शनिबार (पुस १५) गते संस्थागत रूपमा मनाएका उनीहरूले आइतवार सामूहिक रूपमा मनाएका हुन्।

पोखराको चिप्लेढुंगामा जम्मा भई ल्होछार/ल्होसार शुभकामना र्‍यालीका साथ महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङगणमा सामुहिक खि तमु ल्होछार/ल्होसार सभामा परिणत भयो।

प्रमुख अतिथि प्रदेश नं. ४ का लागि कास्कीबाट निर्वाचित सांसद मनबहादुर तमुले आफू तमुको पहिचान र अधिकारका लागि सदैव क्रियाशील रहेको बताए। नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद तमुले राज्यले सुनिश्चित नगरुन्जेल आफू तमुहरूसँग रहने विश्वास समेत दिलाए। ‘जब तमुहरूले समान अधिकारको प्रत्याभुत गर्दैनन् त्यो बेलासम्म राष्ट्रिय गीत नगाउने भएकाले अधिकार लेखाएर छिट्टै तमुले राष्ट्रिय गीत गाउने वातावरण बनाउनेछुु-उनले भने-‘सबैले साथ दिनुस्, म तमु समुदायको अधिकार सुनिश्चित गराई छाड्छु तर तमुहरू विवादित नभई एकतावद्ध भए मात्रै अधिकार प्राप्त गर्न सम्भव हुनेछ।’ उनले निर्वाचनमा आफु नभई तमु समुदाय विजयी भएको बताउँदै सदैव जिम्मेवार, जवाफदेही र जनताको सुखदुखमा सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे।

विशेष अतिथि समानुपातिक प्रदेश सांसद मिना तमुले तमुहरू इमान्दार मात्रै नभई अब वौद्धिक, चलाख र एकता भए मात्रै अधिकार स्थापीत गर्न सक्ने बताइन्। तमुहरू अब स्वदेशमै रोजगारी, राष्ट्रिय पहिचान र मुलुकको समृद्धिका लागि जुट्नुपर्ने उनको भनाइ थियो। पुरुष मात्रै नभई दिदिबहिनीहरू पनि समाज विकासका लागि भूमिका निर्वाह गर्न आग्रह गरिन्। पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी तमुले ल्होछार जस्ता चार्डपर्वले मौलिक संस्कृतिहरूको संरक्षण गर्ने भन्दै सांस्कृतिक धरोहर संरक्षणका लागि आफ्नातर्फबाट सक्दो पहल गर्ने बताइन्। उनले तमुहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमासमेत जोड दिइन्।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले शुभकामना व्यक्त गर्दै तमुहरूको आदिवासी जनजातिहरू बहादुर मात्रै नभई बुद्धिवान् र अधिकारप्रति सचेत रहेको उल्लेख गरे। पहिचान र अधिकारको आन्दोनका लागि जुट्न उनको आग्रह थियो।

सामूहिक ल्होछार/ल्होसारका कार्यसम्पादन संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत मन्तव्य व्यक्त गर्दै तमुहरू अझै पनि राज्यबाट मात्र नभएर राजनीतिक पार्टीहरूमा पनि विभेदमा रहेको बताइन्। सबैको एकताबाट मात्रै अधिकार प्राप्ति हुने उनको भनाइ थियो। धन्यवाद मन्तव्य व्यक्त गरेका बौद्ध अघौर्ं सदनका अध्यक्ष क्या.भुवनसिं तमुले तमुहरू सामूहिकतामा विश्वास गर्ने समुदाय भएकाले एकतावद्ध जरुरी रहेको बताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

समारोहका अध्यक्षता समेत गरेका मुल आयोजक समितिका संयोजक तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ४ संयोजक दलबहादुर तमुले तमुवान् प्रदेशका लागि जुट्नुपर्नेमा जोड दिँदै सके सबै एकता नसके पनि बिगार्न भत्काउनतर्फ उद्दत हुन नहुनेमा जोड दिए। उनले शब्दहरूमा विवादरहित र धर्ममा तमुहरूको एक रूपताका आग्रह गर्दै मनबहादुर तमु र मिना तमु माननीय मात्रै नभएर मन्त्री बन्नुपर्नेमा जोड दिए। यसैबीच, सामुहिक ल्होछार/ल्होसार कार्यक्रममा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु समाजले १५ हजार, दोश्रो भएको चिउली पार्चे तमु समाजले १० हजार, तेश्रो बाँझापाटन तमु समाजले ५ हजार रूपैयासहित प्रमाणपत्रबाट पुरस्कृत भयो। चिप्लेढुंगाबाट शुभकामना र्‍याली शुरु हुनु अघि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला र कास्की २ (२)बाट निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले शुभकामना व्यक्त गरेका थिए।

यसैगरी सामुहिक ल्होछार/ ल्होसार कार्यक्रममा आयोजित राष्ट्रिय छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, र्सुयमुखी तमु समाजका भासु तमु दोश्रो र रत्न श्री जिमका प्रदीप गिरी तेश्रो बन्दै क्रमशः २५ हजार, १० हजार र ५ हजार रूपैया सति प्रमाणपत्र, फेटा र खादाबाट पुरस्कृत बने।

कार्यक्रममा गुरुङ कलाकार संघ, जिफान, विभिन्न समाजका कलाकारसहित चर्चित राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, देवबहादुर तमुसहितको लमजुङे ठाडो भाकाको विशेष प्रस्तुतिले समारोह रोमाञ्चक बनेको थियो।

सामूहिक खि ल्होछार/ल्होसार २०७४ को भव्यताका साथ मनाउन तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ४ का संयोजक दलबहादुर तमुको मुल आयोजक समिति र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा कार्यसम्पादन समिति तथा बौद्ध अघौ सदन, तमु  धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद, ङ्योए तमु धिं लेखनाथ, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु(गुरुङ) पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल, गुरुङ फिल्म एशोसियसन(जिफान), तमु(गुरुङ)कलाकार संघ, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपाल, तमु-गुरुङ)सञ्चारकर्मी संघ आयोजक रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width