काठमाडौ १६ पुस। प्रमुख निर्वाचन आयुक्त डा. अयोध्रि्रसाद यादवले दलहरूले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्। रिपोर्टर्स क्बल नेपालले आइतवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छनविन गरिरहेको बताए।
‘निर्वाचन आयोगको निर्देशिका अनुसार पहिला बन्दसूचीमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ। त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दललाई छैन। त्यो भनेको कानून र निर्देशिका विपरित हुन्छ। त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरूले छानबिन गरिरहनुभएको छ’-उनले भने।
यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्। प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए। संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्र्ति गर्नुपर्ने यादवले बताए। यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए।
राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढीमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले बताए। यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको जानकारी गराए। राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरूले पहिला शपथ ग्रहण गर्नुपर्ने उनले बताए। शपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवले बताए। यसैबीच, यादवले प्रतिनिधिसभाको समानपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरूको अरोपको खण्डन गरेका छन्।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९