स्याङ्जा, १६ पुस। स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३६ औ अधिवेशनबाट विक्रान्तकुमार श्रेष्ठ सुवर्ण्र्ााो प्यानल विजयी भएको छ।
नेपाली काँग्रेस निकट ब्यावसायी श्रेष्ठले बामगठबन्धन अध्यक्षका उम्मेदवार नन्दकुमारी लम्साल निर्मलालाई एक सय ९८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
श्रेष्ठले ५ सय ५१ मत पाएका थिए भने लम्सालले ३ सय ५३ मत पाइन्।
उपाध्यक्ष रवीन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ ५ सय ५६, द्वितीय उपाध्यक्ष महादेव श्रेष्ठ ५ सय ९५, तृतीय उपाध्यक्ष सुनिता पौडेल ५ सय ३५, महासचिव भीमकुमार श्रेष्ठ, ५ सय ८८, सचिव आशिष लम्साल ५ सय ७७, सहसचिव सुन्दर कुमार श्रेष्ठ, ६ सय ६, कोषाध्यक्ष राजनप्रसाद घिमिरे ४ सय ७३, सह-कोषाध्यक्षमा नारायणप्रसाद ढकाल ५ सय १९ मतका बिजयी भएका हुन्।
सदस्यमा सदस्यमा सुस्मिता श्रेष्ठ, रामचन्द्र नेपाल, अर्जुन थापा, दीपक कुमार श्रेष्ठ, महमद सरिफ मियाँ, उर्मिला बस्नेत रानाभाट, लक्ष्मण प्रधान र बाबुराम पाण्डे बिजयी भए।
अध्यक्षमा विजयी श्रेष्ठले सबैलाई समेटेर स्याङ्जाको ब्यावसायीको क्षेत्रमा काम गर्ने बताए। २०१३ सालमा स्थापना भएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३ वर्षे कार्यकालका लागि प्यानलसहित पहिलो पटक निर्वाचन भएको हो। संघका १ हजार १ सय ११ मतदाता रहेको संघको विर्नाचनमा ९ सय १९ आर्थत ८३ प्रतिशत मत खसेको थियो।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९