पोखरा, १६ पुस। समाजमा पुर्याएको योगदानको चर्चा गर्दै पोखराबाट दुर्इ पुस्तक प्रकाशन भएका छन्।
पोखरा लेखनाथ महानगर पालिका २३ मा पर्ने साविकको भदौरे तामागी गाविस ५ चैनपुर निवासी तीन जनाले समाजमा पुर्याएको योगदानको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। स्व पडिण्त अग्निधर तिमिल्सिना, स्व आवाल ब्रह्मचारी भवानीप्रसाद तिमिल्सिना र स्व जयभद्र गोतामे (गौतम) को स्मृति ग्रन्थ प्रकाशन भएको हो।
सिद्ध समाज हर्पन चैनपुर पोखरा कास्कीले प्रकाशन गरेका पुस्तकको संस्थाका सल्लाहकार गंगाधर तिमिल्सिनाले विमोचन गरे। उनले पुस्तकले वषौ पहिले समाजलाई दिएको योगदानको पछिल्लो पुस्ताले थाहा पाउने गरी पुस्तकमा आएको बताए। उनले नयाँ पुस्तालाई समाज सेवा गर्न पुस्तकले प्रेरणा दिने बताए। उनले समाजलाई दिएको शिक्षाले नै अहिले त्यस क्षेत्रको विकासमा योग्दान दिएको बताए।
पुस्तकको समीक्षा गर्दै सस्थाका संस्थापक अध्यक्ष गोपालप्रसाद पौडेल र ठाकुरप्रसाद पराजुलीले समाज विकासमा योगदान दिएका उनीहरूको जस्तै अन्य लुकेका अन्य प्रतिभाको पनि पुस्तक प्रकाशनमा समिति लाग्नु पर्ने बताए।
कार्यक्रममा मेघनाथ पौडेल, नारायणप्रसाद गौतम, यमनाथ तिमिल्सिना, विशेश्वर पराजुली लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए। दुवै पुस्तकको प्रा डा मोतीलाल पराजुली, उपप्रा. विश्वनाथ पौडेल, सह प्राडा यमनाथ तिमिल्सिना, उपप्रा कपिलमणि दाहाल, विश्वेश्वर पराजुली, शिवराज कोइराला, जनकराज पराजुलीले पुस्तकको सम्पादन गरेका छन्।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९