मणिपाल कर छुट प्रकरणमा कांग्रेसको चासो, महानगरपालिकाको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
असार २६, २०८१
NC Kaski Photo

पोखरा । पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पताललाई कर छुट गरिदिएको विषयमा नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

कार्यपालिका बैठकले निर्णय गरी कर छुट दिएको भन्दै त्यो विषयमा छिटो सत्यतथ्य सार्वजनिक गर्न दुवै समितिको संयुक्त टोलीले मंगलबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पटक पटक ध्यानाकर्षण स्मरण गराउँदै पुनः सत्यतथ्य सार्वजनिक गर्नका लागि टोली महानगर पुगेको नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र भाटले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘२१ करोड ५७ लाख ११ हजार ७ सय ९८ रुपैया ७० पैसा बेरुजु असूलउपर गरी सम्पन्न प्रमाण पत्र दिनु पर्नेमा, छानबिन समितिको गठन, छुट दिने निणर्यको बदरले सत्य तथ्य लुकाउन खोजीएको त होइन ?’ अक्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विवाद सम्बन्धी कागजात नियन्त्रण लिइसकेको अवस्थामा यथाशीघ्र चाडो सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

महालेखा परीक्षकको २०७६/०७७ को अन्तिम प्रतिवेदनले मणिपाल शिक्षण अस्पतालले बनाएका भवनहरूको नक्सापास वापत जरिवानासहित २१ करोड ५७ लाख ११ हजार ७ सय ९८ रूपैयाँ राजस्व असुल गर्न भनेको थियो ।

महालेखा परीक्षकको प्रतिवेदनले असुल गर्न भनेको राजस्वमा महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले भारी छुट दिने निर्णय गरेको हो । उक्त बैठकको निर्णयले मणिपालसँग १ करोड ७५ लाख ५३ हजार रुपैयाँ राजस्व लिएर नक्सा पास दिएको छ । उक्त निर्णयले मणिपाललाई नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र वापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट दिएको हो ।

आफूले भनेअनुसार राजस्व असुल नगरी कर छुट दिएको महानगरलाई यसपालि फेरि महालेखाले अर्को निर्देशन दिएको हो । महालेखा परीक्षकको कार्यालयले हालसालै प्रकाशित गरेको २०७९/०८० को प्रतिवेदनले मणिपाल अस्पताललाई नियमअनुसार लाग्ने राजस्व छुट दिन नमिल्ने भन्दै असुल गर्न निर्देशन दिएको हो । मलेपको निर्देशनले मणिपाल छुट प्रकरणमा धेरैले चासो दिइरहेका छन् । उता पोखरा महानगरपालिको कदम र महालेखा परीक्षकको प्रतिवेदन बदनियतपूर्ण भएको भन्दै मणिपालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग