आईएसएमटी कलेजको तालिम

आदर्श समाज सम्वाददाता
असार २६, २०८१
ismt college

पोखरा । आईएसएमटी कलेज पोखरामा डाटा साइन्स एन्ड एआई फाउन्डेसन कोर्सबारे तालिम सम्पन्न भएको छ । पहिलो चरणको गत १०–२३ असारसम्म भएको तालिममा ४० जना विद्यार्थीले भाग लिएका थिए ।

कलेजको आइटी संकायका एआई विषयका शिक्षक एवं डिपार्टमेन्ट प्रमुख–कम्प्युटिङ शरण कार्कीले सहजीकरण गरेका थिए । उक्त कोषबाट विद्यार्थीले तथ्यांक संकलन, तथ्यांक प्रशोधन एवं रुपान्तरण र एआई टुल्स् प्रयोग गरी डाटा भिजुलाइजेसन गर्न सक्ने भएको बताए ।

शिक्षक शरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गरे । आइएसएमटी पोखरा क्याम्पसमा विद्यार्थीलाई डेटा विज्ञान र एआई कोर्सबारे प्रशिक्षण गराइएको थियो ।

कलेजले आइटी पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ र हाउस किपिङ विषयमा निशुल्क तालिम दिँदै जाने अप्रेसन एवं मार्केटिङ म्यानेजर शिव पौडेलले बताए । असार ३१ देखि सुरु हुने गरी रजिस्ट्रेसन खुलेको र तालिम लिन इच्छुकले गुगल फोर्म भर्न वा कलेजमा सम्पर्क गरेर सिट बुक गर्न सक्नेछन् ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख सहर पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि कलेज सञ्चालित छन् । पोखरामा यो कलेज पोखरा–१५, नयाँगाउँमा छ ।

Related News

सम्बन्धित समाचार

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने…
  • माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे क्याम्पसको २० औं साधारणसभा शनिबार भएको छ । साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष…
  • नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने…
  • सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् । नेशल प्याव्सन…
  • शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…

hero news full width

trending post

ट्रेन्डिङ्ग