ब्रह्मारुपामा खानेपानी टंकी

आदर्श समाज सम्वाददाता
असार २६, २०८१
tank

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको आयोजना सिलकोस्ट विद्यालय युकेको २ लाख सहयोगमा पोखरा ३२ स्थित ब्रह्मरुपा माविमा १० हजार लिटरको खानेपानी टंकी शिलान्यास भएको छ ।

पोखरा ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले शिलान्यास गरे । यसैबीच सिलकोस्टको सहयोगमा ३० जना जेहेन्दार विद्यार्थीलाई झोला, कापी, कलम आदि सहयोग उपलब्ध गराइएको छ । परियोजना निर्देशक सोनाम साङ्पो यो वर्ष २ वटा खानेपानी टंकी निर्माणसँगै ४७ वटा विद्यालयमा सहयोग गरिएको र सहयोग निरन्तर रहने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले लायन्सको सहयोग विद्यालयलाई शुद्ध खानेपानी उपलब्ध गराउन अमृतसरह भएको बताए ।

प्रधानाध्यापक जनार्दन सुवेदीले २०१५ सालमा स्थापना भएको विद्यालयमा ७ सय जना विद्यार्थी अध्ययनरत छन् । डिस्ट्रिक चिफ दुधमान गुरुङले लायन्स अन्नपूर्ण नाइसले ठिक ठाउँमा गरेकोमा खुसी व्यक्त गरे । विद्यार्थी अभिभावक संघका अध्यक्ष भोजराज पौडेलले क्लबले गरेको सहयोग विद्यालयले निरन्तर पाउने आशा व्यक्त गरे ।

लायन्स पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले स्थापना भएको ३ वर्षमा ३ वटा खानेपानी टंकी निर्माण सहयोग गरेर एउटा परिपक्व संस्थाको परिचय दिएको भन्दै रचनात्मक काम गर्ने बताए । जोन चियर पर्सन दिनेश तुलाचनले अन्नपूर्ण नाइस क्लबहरूमध्ये उत्कृष्ट रहेको दाबी गरे ।

क्लबका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण नाइसका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ र टंकी निर्माण समिति संयोजक रमा पराजुलीले शुभकामना मन्तव्य राखे । प्रथम उपाध्यक्ष विष्णुमाया थापा जोजिजूले स्वागत र सचिव लक्ष्मी गुरुङ ‘बि’ ले कार्यक्र सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग