कालिकास्थान–पुँडीटार–लामेआहाल सडक शिलान्यास, सर्वसाधारण उत्साहित

आदर्श समाज सम्वाददाता
असार २५, २०८१
street

पोखरा। कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको मंगलबार शिलान्यास गरिएको छ । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौंडा सडक अन्तर्गत उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त शिलान्यास गरे ।

महानगर प्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गरे । ‘बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, यो बाटो पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोध तत्काल समाधान गरिनेछन्,’ आचार्यले भने, ‘यसको समय पनि छोटो छ, स्थानीयले यसका आवश्यक सहजीकरण गरिदिनुहुनेछ ।’ उक्त क्षेत्रको सहरी पूर्वाधार निर्माण गर्दै जनजीवनलाई विकाससँग जोड्ने कुरामा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए। सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । यो पोखरा महानगरपालिकाको परियोजना भएकाले दायित्व पनि महानगर कै हुने र आवश्यक परेका बखत मन्त्रालयले आवश्यक सहजिकरण गरिदिने उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिए । विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गरे । पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले वडामा निर्माण हुन लागेको सडक निर्माण कार्यको निरन्तर निगरानी गरी आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे ।

सडकको निर्माण कम्पनी आसिस निर्माण सेवा प्रालि, भरतपुरसँग सम्झौता भएको छ । ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी २ खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा ३३ को कार्यालय देखी उपल्लो पुँडीटारसम्म ९.६२७ किमी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखि तल्लो गगनगौंडा (पृथ्वीराज मार्ग) सम्म २.८१३ किमी सडक निर्माण हुनेछ ।

परियोजना अन्तर्गत करिब १२.४४ किमी सुविधासम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको २÷२ मिटरको फुट ट्रयाक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्भे सुरु भइसकेको छ । ३ अर्ब आर्थिक सहायतामध्ये तालचोक वेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैंकले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम नगर प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग