विन्दवासिनी सहकारी ठगीमा २ प्रतिवादी पक्राउ

आदर्श समाज सम्वाददाता
असार २५, २०८१
bindh

पोखरा । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा फरार २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका पूर्व सञ्चालक समिति सचिव ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक जिल्ला संयोजक ४५ वषीृय बुद्धिसागर ढकाल हुन् । उनीहरु दुवै जना पोखरा १७, बिरौटा निवासी हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए । उनीहरुलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

पोखरा ९, न्यूरोडस्थित उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग