रोटरी पोखरा मिडटाउनको पदस्थापन, अध्यक्षमा सूर्यनारायण

आदर्श समाज सम्वाददाता
असार २५, २०८१
Rotary Midtown

पोखरा । रोटरी क्लब अफ पोखरा मिडटाउनमा रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष सूर्यनारायण बराल नेतृत्वको टिमको पदस्थापन भएको छ ।

रोटरीको २३ औं पदस्थापन समारोहमा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट विनोद कोइरालाको उपस्थितिमा सो कार्यक्रम भएको हो । क्लबको आइपिपीमा सोनी ढेवाजु, प्रेसिडन्डेन्ट इलेक्ट उपेन्द्र पौडेल, भाइस प्रेसिडेन्टमा इ. शान्तराज बतास र संगीता तिमिल्सिना, सेक्रेटरी जीवन भण्डारी, ट्रेजेरर दीपक पराजुली, जोइन्ट सेक्रेटरी नबीन बराल छन् ।

डाइरेक्टरमा शिवप्रसाद कोइराला, विकास अधिकारी, नवराज तिवारी, शान्ति श्रीस, डा. पविन थापा छन् भने सर्जन एट आर्म फणीन्द्र थापा, एडिटर कृष्ण घिमिरे, मेन्टर इ. महेन्द्र गोदार, ट्रेनर सुन्दर गुरूड, चेयरमा इ. शिवहरि आचार्य र डिक्की कार्की रहेका छन् ।

समारोहमा डिस्ट्रिक्ट गभर्नर इलेक्ट कोइरालाले सहीरूपमा काम गर्न सकेमा रोटरीले विभिन्न क्षेत्रमा ठूलो रकम ल्याएर सेवा पु¥याउन सकिने बताए ।

कार्यक्रममा कृषि उद्यमी मीना गुरूडलाई भोकेसनल अवार्ड प्रदान गिरिएको थियो । ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक (सचिव जीवन भण्डारीकी आमा) लाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्व डिट्रक्ट गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गणेश पौडेल, रवीन्द्र बास्तोला, सोनी ढेवाजु, विकास अधिकारी, कृष्ण घिमिरे, सन्तोष पोखरेल, उपेन्द्र पौडेल, नवराज तिवारी, सुन्दर गुरूड, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव जीवन भण्डारीले गरेका थिए । सो अवसरमा गण्डकी मेडिकल कलेज र मिडटाउनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । कलेज डाइरेक्टर डा. लुना अर्याल र क्लब अध्यक्षले हस्ताक्षर गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग