खानेपानी संस्थानको समस्या हल गर्छु: महाप्रबन्धक

आदर्श समाज सम्वाददाता
असार २४, २०८१
talim news nagarkot ph

पोखरा । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । नेपाल खानेपानी संस्थान तालिम शाखाद्वारा आयोजित ४ दिने पानी परीक्षण तालिमको समापन गर्दै महाप्रबन्धक श्रेष्ठले कर्मचारी सेवा शर्त विनियमावली साउन मसान्तसम्ममा ल्याउने ठोकुवा गरे ।

तालिम शाखा प्रमुख निरण महर्जनको अध्यक्षतामा भएको तालिममा खानेपानी मन्त्रालयका सहसचिव राजाराम दाहालले मर्न लागेको संस्थानलाई ब्युँताइएको प्रसंग कोट्याउँदै विनियमावली आउनेमा ढुक्क हुन आग्रह गरे ।

तालिम समापनसँगै सुरक्षित खानेपानी वितरण, अनिवार्य परीक्षण, जोखिमको न्यूनीकरण, दैनिक, मासिक र वार्षिकरुपमा परीक्षण गरिनुपर्ने विधिलाई प्रयोगात्मक तथा फिल्ड भिजिटको माध्यमबाट ज्ञान प्रदान गरिएको थियो ।

नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाले रचनात्मक तालिमले कर्मचारीको क्षमता वृद्धि विकास भएको बताए ।

खानेपानी संस्थानको आयोजनामा भक्तपुर नगरकोटमा आवासीय सुविधासहितको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रको सभाहलमा गत १७ गतेदेखि सुरु भएको तालिममा संस्थानका विभिन्न २२ वटा शाखाबाट पानी गुणस्तर परीक्षणमा हुनु पर्ने नीति, नियम, ऐन, कानुन तथा मापदण्डलगायत विषयमा चर्चा भएको थियो । तालिममा खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका शाखा प्रमुख ई. पूर्णप्रसाद उपाध्याय, वासका निरव वैद्यलगायतले आधुनिकतामा पानीको गुणस्तरलाई हेर्नुपर्ने विधि र पद्धतिबारे प्रशिक्षण दिएका थिए ।

तालिमलाई थप व्यवस्थित, गुणस्तर र प्रभावकारी बनाउन खानेपानी संस्थानका ई. निरण मर्हजन, सिनियर केमिस्ट अनुराधा ज्ञवाली, केमिष्ट दीपकनाथ योगी, वाटर क्वालिटी एसोसिएटका सुशील बन्जाडेलगायतले तालिममा सहजीकरण गरेको सहायक प्रशासन अधिकृत दीपेश्वर मण्डलले जानकारी दिएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीलाई सुन्दरीजल पानी परीक्षण केन्द्र र केयुकेलअन्तर्गतको महांकालचौर पानी ल्याबमा फिल्ड भिजिट गराइएको थियो ।

कर्मचारी केदार धमलाको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग