सिर्जना विकास केन्द्रको संस्थागत सबलीकरण

आदर्श समाज सम्वाददाता
असार २४, २०८१
srijana

पोखरा । सिर्जना विकास केन्द्रले संस्थामा आबद्ध आजीवन तथा साधारण सदस्यको लागि संस्थागत सबलीकरण कार्यक्रम गरेको छ । केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालले संस्थाको स्थापना कालदेखि हालसम्म भए गरेका गतिविधिको संक्षिप्त जानकारी गराउँदै संस्थाले भविष्यमा लिनुपर्ने रणनीतिबारे प्रस्तुति राखे ।

संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सभाका सभापति डम्बरबहादुर केसीले संस्थाको विधान, आर्थिक प्रशासन नियमावली, कर्मचारी नियमावली, संस्थाका विद्यमान कार्यविधिबारे चर्चा गरे ।

कार्यक्रमका स्रोतव्यक्ति विकल शेरचनले संस्थामा आबद्ध सदस्यहरूको नेतृत्व व्यक्तित्व विकासका लागि आवश्यक तŒवहरूबारे प्रस्तुति राख्दै संस्थाले अगाडि सारेका लक्ष्य उद्देश्यहरू स्पष्ट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार गणेशबहादुर अधिकारी र हरिप्रसाद बरालले विगतको अनुभव सुनाएका थिए भने कार्यक्रम संयोजक वीरबहादुर अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

केन्द्रका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष शान्ति शर्माले स्वागत र महासचिव चन्द्र गिरीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग