रोटरी क्लब लेकसाइडको नवौं पदस्थापना

आदर्श समाज सम्वाददाता
असार २४, २०८१
rotary lakeside

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन समारोहमा वर्ष–२०२४/२५ अध्यक्ष उपेन्द्र अधिकारीले पदभार ग्रहण गरेका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान वर्ष–२०२४/२५ का गभर्नर इलेक्ट विनोद कोइरालाले अधिकारी नेतृत्वको टिमको पदस्थापना गराएका हुन् ।

समारोहमा गभर्नर इलेक्ट कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए । उनले कास्की लगायत क्षेत्रको ग्रामीण भेगमा बाँदर समस्या समाधानमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठले समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने बताए । असिस्टेन्ट गभर्नर गीता सिग्देलले रोटरी सामाजिक कार्यमा क्रियाशील रहेको अन्तर्राष्ट्रिय संस्था रहेको बताइन् ।

क्लबका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले क्लबको स्थापनाकालको स्मरण गर्दै रोटरीलाई जीवन्तता दिनुपर्ने बताए । उनले अब बन्ने गभर्नर विनोद कोइराला पोखरेली रहेको र उनी डायनामिक व्यक्तित्व भन्दै खुसी व्यक्त गरे ।

क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए ।

प्रमुख अतिथि कोइरालाको परिचय दिँदै क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल अहिले यो पदमा पुग्न सफल भएको जानकारी दिए ।

वर्ष २०२४/२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे । सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन भयो ।

यसैबीच, बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो अवसरमा क्लबका चार्टर मेम्बर पत्रकार विजय नेपाललाई मायाको चिनोसहित सम्मान गरियो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले गरेका थिए । धन्यवाद ज्ञापन प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरे । सन् २०१७ जनवरी ५ मा ५० जना सदस्य मिलेर क्लबको स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग