बालज्योतिलाई पेमा छालको सहयोग

आदर्श समाज सम्वाददाता
असार २४, २०८१
bal jyoti school progrem photo

पोखरा । अन्नपूर्ण–३, मराउँचेस्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्टिच्युटले विद्यालय पोशाक एवं स्टेसनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

हेमजास्थित इन्स्टिच्युटले आइतबार एक कार्यक्रमबीच २५ विद्यार्थी एवं ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेसनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रतिविद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिती बाकस प्रदान गरेको हो । त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवं ४ थान ब्याटमिन्टन पनि उपलब्ध गराइएको छ ।

इन्स्टिच्युट अध्यक्ष टासी लामाले बालज्योतिमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगसँगै विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालनमा थप सहज हुने विश्वास लिए । उनले पठनपाठनमा ध्यान दिन विद्यार्थीलाई सुझाव दिँदै शिक्षा गुणस्तरीय हुनुपर्ने औंल्याए ।

विद्यालयका अध्यक्ष डिल्लीराम पौडेलले सहयोगको सदुपयोग हुने विश्वास दिलाउँदै सहयोग आफैंमा महत्वपूर्ण हुने धारणा राखे ।

इन्स्टिच्युट सचिव लोब्साङ लामाले कार्यक्रमसँगै इन्स्टिच्युट र मराउँचेवासीबीच थप आत्मीयता बढेको भनाइ राख्दै आगामी दिनमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा कार्यपालिका सदस्य पार्वती पौडेल, प्रधानाध्यापक राजकुमार कुँवर लगायतले सहयोगप्रति आभार प्रकट गरे । विद्यालय अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक शारदा पौडेलले सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग