पोखरा विश्वविद्यालयमा प्राध्यापकसँगै विद्यार्थीहरु पनि आन्दोलित

आदर्श समाज सम्वाददाता
असार २३, २०८१
pu Student Bigyapti PU Main Door (2)

पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयमा ढोका दबाबमूलक धर्ना सुरु गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापक आन्दोलनरत छन् । ‘विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन,’ धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, ‘करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?’
हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालीन करार प्राध्यापकहरु तथा प्राविधिकहरु सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकह?को संख्या आधा आधा छ ।

आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिस्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।

विद्यार्थी संगठनहरुको संयुक्त तालाबन्दी
आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ इञ्जिनियरिङको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भाद्र २ण अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।

आइतबार नेपाल विद्यार्थी संघ स्कुल अफ इञ्जिनियरिङका सभापति सन्दिप अधिकारी तथा अनेरास्ववियु स्कुल अफ इञ्जिनियरिङका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा इञ्जिनियरिङ परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेसटरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।

आन्तरिक परीक्षा समेत स्थगित
पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालीन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इञ्जिनियरिङको आन्तरिक परीक्षा स्थगित भएको छ । हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरिक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणि भण्डारीले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग