प्रदेशस्तरीय टेनिस वर्षाले प्रभावित

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
Tenis

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता भएको छ ।

पुरुष सिंगल्स फाइनल खेल शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भयो । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई विजेता घोषणा गरेको छ ।

प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदीप खड्का र नेहालजंगबहादुर थापा पुगेका थिए । आयोजकले दुवै खेलाडीलाई विजेता मान्दै पुरस्कृत गरेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए ।

दुवैले जनही २२ हजार ५ सय साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुष सिंगल्सतर्फ शास्वत बज्राचार्य र अनिल साई तेस्रो भए । उनीहरुले जनही ३ हजार ७ सय ५० साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यता, महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले १५ हजार प्राप्त गरिन् । आरुषी शेरचन दोस्रो भई ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही ३ हजार ७ सय ५० साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

पुरुष डबल्सतर्फ प्रदीप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदीप र अनिलको जोडीले २० हजार तथा उपविजेता निहाल र दर्शिल जोडीले १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग