रोटरीले धर्मस्थली स्कुलको भवन बनाउने

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
dharmasthali school 3

पोखरा । पोखरा ५, पस्र्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा रोटरी क्लब अफ पोखरा फिस्टेलले चारकोठे भवन बनाइदिने भएको छ । भवन निर्माणका पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको उपस्थितिमा शुक्रबार शिलान्यास गरिएको छ । यो भवन करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

भवन शिलान्यास गर्र्दै रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान वर्ष २०२४–२५ का गभर्नर इलेक्ट विनोद कोइरालाले रोटरीबाट प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गरे । उनले रोटरीले धर्मस्थलीसहित विभिन्न २४ विद्यालयमा कम्प्युटर ल्याब स्थापनाका लागि सहयोग गरेको जानकारी दिए । उनले रोटरीले कक्षा ६ देखि छात्रवृत्ति प्रदान गरेका विद्यार्थीलाई पढ्न चाहेका जुन कुनै विषय पढाइरहेको र आगामी दिनमा पनि निरन्तरता पाउने स्पष्ट पारे ।

वडाध्यक्ष बरालले वडाभित्र रहेका २ सामुदायिक विद्यालय भौतिक रूपमा सम्पन्न हुँदै गएको बताए । उनले अब शैक्षिक गुणस्तर वृद्धि गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार विद्यालयमा रोटरीले यसअघि पनि विभिन्न सहयोग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शिवप्रसाद पराजुली, रोटरीयन एवं विद्यालयका पूर्व सल्लाहकार रमेशप्रसाद कोइराला, रोटरी क्लब अफ पोखरा फिस्टेलका रोटरीयनको पहल र सक्रियतामा रोटरी क्लब अफ चेष्टरफिड यूके र रिचार्ड स्याण्डसनको आर्थिक सहयोगमा २० थान कम्प्युटरसहितको ल्याब स्थापना, शैक्षिक सामग्री र छात्रवृत्ति वितरण भएको थियो ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका गभर्नर इलेक्ट विनोद कोइरालाको विशेष पहलमा भवन निर्माण हुन लगेकोमा अध्यक्ष पराजुलीले खुसी व्यक्त गरे ।

रोटरी पोखरा प्याराडाइसका अध्यक्ष देवेन्द्र पराजुलीले विद्यालयका ५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे ।

क्लब अध्यक्ष महेश्वर पहारी अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष लक्ष्मी गिरी थापाले गरेकी थिइन् । सो अवसरमा क्लबले विद्यालयका ३ जना विद्यार्थीलाई नगद ७ हजार रुपैयाँ दरले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरेको प्रअ वदनकुमारी शर्माले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग