पोविविमा करार प्राध्यापक आन्दोलित, पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी

आदर्श समाज सम्वाददाता
असार २१, २०८१
Pokhara-University

पोखरा । पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिनु परेको उप प्राध्यापक निरज खड्काले बताए ।

आन्दोलनको पहिलो चरण अन्तर्गत उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालय तालाबन्दीको गरिएको छ ।

साथै समस्याको समाधान नभए आइतबारबाट थप सशक्त आन्दोलनको घोषणा गरिने समेत आन्दोलनरत प्राध्यापकहरुले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने…
  • माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे क्याम्पसको २० औं साधारणसभा शनिबार भएको छ । साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष…
  • नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने…
  • सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् । नेशल प्याव्सन…
  • शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…

hero news full width

trending post

ट्रेन्डिङ्ग