नेकपा एसमा माधव दोहोरिए, भुषाल बने महासचिव

आदर्श समाज सम्वाददाता
असार २१, २०८१
madhav nepal

पोखरा । नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधवकुमार नेपाल दोहोरिएका छन् । पार्टीको १० औं महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

यस्तै, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सर्वसम्मत चयन भए ।

जारी महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ केन्द्रीय कमिटी चयन गर्नेछ ।

यस्तै, केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५ सय संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपांगता) ७० जना र पदाधिकारीसहितको खुला क्षेत्र ८० जना चयन हुने निर्वाचन कमिटीले जनाएको छ ।

भूगोल, विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीमा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचनमा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग