कास्की जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
Kask vaccine (3)

पोखरा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका पाँच वटै पालिकालाई यसअघि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा पोखरामा बिहीबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समिति संयोजक लीलाधर पौडेलले बताए ।

जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले सरकारले स्वस्थ नागरिक समृद्धिको महत्वपूर्ण आधार भएको बताए । उनले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुने र छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा हुने स्पष्ट पारे । बुधबार मात्रै तनहुँ र बागलुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समिति संयोजक पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।

कास्कीले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्णखोप घोषणा गरेपश्चात जन्मने तथा अन्यत्रबाट कास्की जिल्ला भित्र आएर बसोबास गर्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए ।

स्वास्थ्य कार्यालय कास्की प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको बताए ।

कास्कीका पाँचवटै पालिकाका कुल ७२ वटा वडाका कुल ३ हजार ७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका अधिकृत बद्री आचार्य बताउँछन् ।

उनका अनुसार घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका १ सय ४० जना बालबालिकालाई खोप लगाउने व्यवस्थासमेत मिलाइएको थियो । १५ महिनासम्मका ७ हजार २ सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको उनले बताए । १६ महिनादेखि ५ वर्षसम्मका २२ हजार ८ सय ४७ जना बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ । उनका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा बाह्य २ सय ३० खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग