रवि लामिछानेको पार्टी रास्वपाका मन्त्री राजीनामा दिँदै

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
ravi lamichhane rawapa

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्री फिर्ता आउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।

रास्वपाको मंगलबार बसेको पदाधिकारी बैठकले राजीनामा दिने र नयाँ सरकारमा समेत सहभागी नहुने निर्णय गरेको हो ।

सरकारमा रास्वपाका चार मन्त्रीहरु सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

प्रचण्ड सरकारलाई मंगलबार नै एमालेले समर्थन फिर्ता लिँदै उसका ८ जना मन्त्रीले राजीनामा बुझाइसकेका छन् ।

सोमबार मध्यरातमा एमाले–कांग्रेसबीच प्रचण्ड नेतृत्वको सरकार हटाएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति गरेको थियो ।

उता, प्रधानमन्त्री प्रचण्ड भने तत्काल राजीनामा नदिने मुडमा छन् । उनले संसद फेस गर्ने जनाउ दिइसकेका छन् । हठात् यस्तो निर्णय भएको भन्दै उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग