शान्तमा बधाई एवं सम्मान

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
shanta ma badhai

पोखरा । पोखरा १८, भकुन्डेस्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागी भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमबीच बधाई दिर्दै सम्मान गरियो ।

कार्यक्रममा कार्यवहाक वडाध्यक्ष रमेश थापाले विद्यार्थीको समुज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको सर्वांगीर्ण विकासमा वडा सधैं तत्पर रहेको बताए ।

विद्यालयका अध्यक्ष बुद्धिबहादुर खड्काले विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिँदै विद्यार्थीको वृद्धि विकासमा विद्यालय प्रयासरत रहँदै आएको स्पष्ट पारे ।

प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सिनाले विद्यार्थीको अथक परिश्रमबाट सफलता हासिल भएको औँल्याउँदै विद्यार्थीलाई लगनशील बन्न सुझाव दिए ।

शिक्षकहरु शिव लम्साल र सूर्यप्रसाद तिमिल्सिना, अभिभावक नारायण दाहाललगायतले विद्यार्थीको सफल भविष्यको कामना गर्दै सफलताका लागि अनुशासनसहितको मिहिनेत आवश्यक रहने चर्चा गरे ।

सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सुयोग पराजुलीले विद्यार्थीको भविष्यप्रति विद्यालय सधंै चिन्तनशील रहेको धारणा राख्दै विद्यालयमा रहँदा आफूले अभिभावकीय भूमिका पाएको स्मरण गरे ।

शान्तबाट यसवर्ष एसइईमा सफलता प्राप्त गर्ने विद्यार्थीले अधिकतम् ३.८५ जिपिए प्राप्त गरेका छन् । त्यहाँबाट सम्मिलित कुल ३३ विद्यार्थी मध्ये ३१ जना अर्थात् ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग