सहारा आधारभूत विद्यालयमा सहयोग

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
sahara (1)

पोखरा । पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा डेक्सबेञ्च तथा कुर्सीटेबल सहयोग गरिएको छ ।

सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कावा अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा १ लाख ४ हजार रुपैयाँ बराबरको १२ सेट डेक्सबेन्चसहित १ सेट कुर्ची टेबल सहयोग गरिएको हो ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विद्यालयको भौतिक पक्ष र शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय तह हरसम्भव सहयोगका लागि सदैव तत्पर रहेको बताउँदै विद्यालयको गतिविधिप्रति खुसी व्यक्त गरी दातालगायत विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।

वडासचिव कुलराज पौड्यालले दातालाई धन्यवाद ज्ञापन गर्दै अब राज्यले पनि शिक्षामा नीतिगत तहबाटै प्राथमिकता दिनुपर्र्ने बताए ।

प्रधानाध्यापक लोचना अधिकारीले अव्यवस्थित वस्तीमा दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका २ सय ७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा दाताले यसरी सहयोग संकलन गरी सहयोग गरेकोमा आभार व्यक्त गरिन् ।

फर्निचर सहयोग संकलन कार्यक्रम संयोजक केशवबहादुर थापाले क्यानाडामा रहेका सञ्जीव÷सोनाम थापा, अतीत÷कुसुम गुरुङ, रोहन आलेमगर, अष्ट्रेलियामा रहेका दीया राई, ईश्‍वर जलारी, प्रेरणा र राजेश मल्ल ठकुरी, युकेमा रहेका हिमाल थापामगर, दीपिका÷पृथ्वीराज राई, अमेरिका निवासी सिद्धार्थ थापामगर, भारतीय सेनामा कार्यरत् भूपेन्द्रजंग राना र उनकी धर्मपत्नी अनिता, पोल्याण्डमा कार्यरत् आशीष राना र द.कोरियामा रहेका मनोज÷सरिता रानाको सहयोगमा उक्त कार्य सफल भएकोमा धन्यवाद दिए । उनले सबै सहयोगीलाई समाजसेवामा प्रेरित गर्न सकेकोमा खुसी व्यक्त गर्दै युवालाई देशप्रेममा प्रेरित गराउनु सबैको कर्तव्य रहेको बताए ।

कार्यक्रमको अध्यक्षको आसनबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै भौतिकरुपमा मात्र नभई विद्यालयको शैक्षिक पाटोलाई पनि जोड दिई विद्यालय उत्कृष्ट बनाउन शिक्षक, कर्मचारी लगायत सबैको चिन्ता र चासो रहे उल्लेख्य नतिजासहित अगाडि बढ्न सकिने बताए । कार्यक्रम सञ्चालन शिक्षक सुदीप कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने…
  • माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे क्याम्पसको २० औं साधारणसभा शनिबार भएको छ । साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष…
  • नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने…
  • सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् । नेशल प्याव्सन…
  • शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…

hero news full width

trending post

ट्रेन्डिङ्ग