पोखरा ४ मा दन्त शिविर

आदर्श समाज सम्वाददाता
असार २०, २०८१
Dental sibir

पोखरा । नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निशुल्क दन्त शिविर भएको छ ।

वडाध्यक्ष देवकृष्ण पराजुलीले शिविर उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित गर्दै शिविर सञ्चालन गरिएको बतँए । उनले नेलम्बो सहकार्यमा शिविर सञ्चालन हुनु आफँैमा महत्वपूर्ण रहेको बताए । उनले वडावासीको स्वास्थ्यमा सरलीकृत गर्न वडा तयार रहेको बताए ।

नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले मुख स्वास्थ्य मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको बताउँदे संस्थाले बालविकास परियोजना पनि सञ्चालन गरिरहेको जानकारी दिए । उनले शिविरबाट लाभ लिन वडावासीमा आग्रह गर्दै दाँत स्वाथ्य रहेमात्रै आँत तन्दुरुस्त हुने उल्लेख गरे ।

पोखरा ४ सहरी स्वास्थ्य केन्द्र प्रमुख सुजन पौडेलले शिविर प्रभावकारी बनाउनुपर्ने जनाउँदै स्वास्थ्य जीवनका लागि सन्तुलित आहारविहार एवं नियमित व्यायाम आवश्यक रहेको बताए ।

डा. दीक्षा क्षत्रीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको उक्त शिविर ३ दिनसम्म चल्नेछ । पहिलो २ दिनसम्म १ सय २० जनाको मुख स्वास्थ्य परीक्षण गरिएको छ ।

वडाध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पार्वती माकाजुले स्वागत मन्तव्य र सहरी स्वास्थ्य केन्द्र प्रमुख पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा…

hero news full width

trending post

ट्रेन्डिङ्ग