एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा

आदर्श समाज सम्वाददाता
असार १९, २०८१
cpn uml minister 2

पोखरा । नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार राति बालुवाटारमा भेटेर मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी लगायत ८ जना मन्त्री थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बमोजिम राजीनामा बुझाएको हो ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको व्यहारो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

एमाले र नेपाली कांग्रेसबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सत्तासमीकरणको सहमतिपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिने निर्णयसँगै राजीनामा बुझाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेस र एमाले नै बाहिर हुँदा दाहालले विश्वासको मत पाउने सम्भावना नै छैन ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग