वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार १८, २०८१
scooter Price handover

पोखरा । ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ का वर्ष पुरुष र महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत २८ वैशाखमा उक्त अवार्ड समारोह गरेको थियो । जसमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर विजेता बनेका थिए ।

उनीहरुलाई मञ्च अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले मंगलबार स्कुटर हस्तान्तरण गरेका हुन् । कुमाल हाल अभ्यासका लागि भारत रहेकोले सो पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ ले ग्रहण गरे ।

मञ्चले बर्सेनि आयोजना गर्दै आएको स्पोर्टस् अवार्डमा यसपालि ७ विधामा अवार्ड वितरण गरिएको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट क्लब र खेल पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो ।

मञ्च अध्यक्ष बरालले खेलाडीको मनोबल उच्च राख्न तथा खेलप्रति आकर्षित गर्न अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताए ।

टेल्जी नेपालले स्कुटर प्रायोजनमा सम्झौता गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग