राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासः अधिकारी

आदर्श समाज सम्वाददाता
असार १८, २०८१
Kr adhikari tree plantation news

पोखरा । एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश पूर्व मुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गरिने बताए । ‘केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिस्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो,’ उनले भने ।

हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संशोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उनले स्मरण गरे । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाए ।

‘समानुपातिकतर्फलाई एउटा संख्यामा पु¥याएर राष्ट्रिय सभामा पु¥याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सात वटाबाट घटाएर एकै जनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ,’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ मा छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर ‘जुल्फी हल्लाएको’ कारण सरकार परिवर्तनको अवस्था आएको बताए । यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उनको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्नचिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उनको भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै उनले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताए । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने लक्ष्य राखेकोले सोही अनुसार ७३ औं मदन जयन्तीको अवसरमा कार्यक्रम गरिएको कास्की अध्यक्ष शंकर पौडेलले खुलाए ।

कार्यक्रम मार्फत शिवशक्ति आधारभुत विद्यालयको प्राङ्गणमा भएको वृक्षरोपण कार्यक्रममा ४ सय ८४ वटा फलफुलका विरुवा रोपिएको अध्यक्ष पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग