अपेक्षा बनिन् मिस एसइई गण्डकी

आदर्श समाज सम्वाददाता
असार १६, २०८१
miss see gandaki

पोखरा, १६ असार । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन्।

सुप्रिया तिवारी फष्ट रनर अप, रीजा श्रेष्ठ सेकेण्ड रनर अप र एञ्जेल जैशी थर्ड रनर अप भए । चाहना गुरुङ भ्यूअर च्वाइसमा परिन्।

एसटी क्रियसन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा उपाधि विजेता अपेक्षाले न्यू ग्यालेक्सी स्कुलमा कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width