‘क्यान्सर रोकथामका लागि सचेतना’

आदर्श समाज सम्वाददाता
असार १५, २०८१
bindu thapa newa misa pucha

पोखरा । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् ।

‘रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ,’ उनले भने, ‘खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।’ ११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए । क्यान्सर, मुटुरोग जस्ता बिरामीका लागि उपचारको राम्रो सुविधा नहुँदा बाहिर जानुपर्ने अवस्था सिर्जना भएको र प्रदेश सरकार यसको व्यवस्थापनमा लागिरहेको उनले बताए । जग्गा प्राप्तिको समस्याका कारण उक्त रोग सम्बन्धी विशिष्ट श्रेणीको अस्पताल बनाउन नसकिएको र उच्चस्तरीय समिति बनाइ जग्गाको खोजी कार्य भइरहेको भनाइ उनको छ ।

मन्त्री थापाले क्यान्सर बिरामीलाई संघ सरकारबाट २ लाख र प्रदेश सरकारले एक लाख उपलब्ध गराउँदै आएको बताए । जसबाट बिरामीलाई उपचार खर्च गर्न सहज भएको अभिव्यक्ति उनको छ ।

नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जनतालाई स्वस्थ बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । रोग लागेर उपचारमा सहयोग गर्नुभन्दा रोग लाग्नै नदिने कार्यक्रम ल्याउन उनको आग्रह छ । नेपाल क्यान्सर रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको परीक्षण समेत गरिएको छ । नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शक्ति प्रधानांग र सञ्चालन महासचिव किरण बिजुक्छेले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग