स्थानीय उत्पादनबाट प्रशस्त आयआर्जन गर्न सकिने

आदर्श समाज सम्वाददाता
असार १४, २०८१
janani

पोखरा । स्थानीय स्रोतसाधन प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

रेडियो जननी ९०.६ मेगाहर्ज आयोजना तथा पोखरा महानगरपालिका वडा ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमूलक सीपको आवश्यकता तथा बजारसम्बन्धी अन्तरक्रियाका वक्ताले उद्यमशीलताको लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

वडाध्यक्ष रुद्रनाथ बरालले कार्यक्रम उद्घाटन गर्दै खेर गैरहेको सामाग्री प्रयोग गरेर पनि उद्यमी बन्न सकिने बताए । उनले वडावासीमा उद्यमी बन्नको लागि कस्तो सीप आवश्यक छ अथवा कस्तो तालिमको माग हुन्छ, त्यस किसिमको तालिमको आयोजना वडाले गर्ने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले आफूले निर्माण गरेको सामाग्री आफैले पहिले प्रयोग गर्ने बानीको विकास गर्न सके स्थानिय उत्पादित वस्तुको उपयोगीता बढ्ने बताए ।

पद्मावती हस्तकला उद्योगका संचालक तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले स्थानीय स्रोत साधन र खेर गएको सामग्रीको उपयोग गरेर दैनिक जीवनमा आवश्यक वस्तुहरु निर्माण तथा आयआर्जन गर्न सकिने बताइन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख महराज ढकाल, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले लगायतले उद्यशीलता विषयमा बोलेका थिए ।

सो अवसरमा विभिन्न उद्यमशीलतासँग सम्बन्धित संघसंस्थासँग आवद्ध व्यक्ति, आमा समुह, महिला समूह, टोल विकास संस्थाका प्रतिनिधि, वडा ८ का जनप्रतिनिधिको सहभागीता रहेको थियो । सहभागीहरुले रोजगारमुलक उमशिलता कसरी गर्ने, उत्पादित वस्तुहरुको बजार व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

पद्मावती हस्तकला उद्योगका संचालक तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा ८ का वडासचिव सविता ढुङ्गानाले स्वागत र रेडियोका समाचार वाचक उमा आलेमगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग