फोनिज गण्डकीको आठबुँदे पोखरा घोषणापत्र

आदर्श समाज सम्वाददाता
असार १४, २०८१
fonij fnj

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको भेलाले पत्रकार महासंघको आगामी कार्यसमिति पूर्ण समावेशी गर्नुपर्नेसहित ८ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।

शुक्रबार पोखरामा भएको भेलाले महासंघको सदस्यता विवाद समाधान गर्दै निर्वाचन गर्न पनि माग गरेको छ । पत्रकार महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषय टुंगो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउँदै प्रतिबद्धता कार्यान्वयनको समेत माग गरिएको छ ।

निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिंगबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढीभन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिमा समेट्न पत्रकार सम्बद्ध सबै संघसंस्थालाई आग्रह गरेको छ ।

पत्रकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित घोषणापत्र लेखन समितिमा हुमबहादुर गुुरुङ, एमबि आस्थामगर, शान्ति गुरुङ र मनोज घर्तीमगर थिए ।

भेलाले फोनिज रजतजयन्ती वर्षभर विविध कार्यक्रम गरी मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लामा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।

फोनिज सम्बद्ध पत्रकारलाई क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रविधि र भाषाका विकास र अधिकारका मुद्दामा निर्भीकतापूर्वक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूतिको सुनिश्चितताको लागि तीनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ । फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्त आत्मसात गर्दै गण्डकीभित्र नियुक्त÷मनोनीत हुने सरकारको सबै प्रकारका सञ्चारसम्बद्ध समिति÷संयन्त्रमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्वका लागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालामा माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग