बिरौटा र पर्स्याङमा सेलवेजका शाखा

आदर्श समाज सम्वाददाता
असार १४, २०८१
saleway3)

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका २ ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ बिरौटा र पोखरा ५ पर्स्याङमा शाखा विस्तार गरेको हो । यीसँगै पोखरामा सेलवेजका १० शाखा पुगेका छन् ।

सेलवेजले सेल्सबेरी ब्रान्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । बिरौटा देखि छोरेपाटन, पुम्दीभुम्दीलाई लक्ष्य गरी बिरौटा शाखा खोलिएको बताए । त्यसै गरी पस्र्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्य गरेर खोलिएको उनको भनाइ छ ।

दैनिक आवश्यकताका सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, शान्तिनगर, अमरसिंह र बगरमा शाखा विस्तार गरिसकेको छ । केहि महिनाभित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिइएको छ । अहिले खाद्य सामग्री र विद्युतीय सामान राखिएको छ । होम डेलिभरीको पनि व्यवस्था भएको उनले बताए ।

उपभोक्तालाई लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार रुपैयाँसम्मको खरिदमा एउटा कुपन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सकिन्छ । प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभी, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौंमा राइसकुकर, छैंटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए ।

पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय विस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा सञ्चालन गरिरहेको छ । बिरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधिका शाहीले उद्घाटन गरिन् । उनले पोखरा १७ बिरौटादेखि छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको र त्यसै अनुसार बजारको आवश्यकता रहेको भनाइ राखिन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग