पर्यटन क्षेत्रमा जनशक्ति अभाव

आदर्श समाज सम्वाददाता
असार १२, २०८१
Tourism-PHSS

पोखरा । गण्डकी प्रदेशमा मात्र करिब १ हजार होटल छन् । २ सय हाराहारीमा रेस्टुरेन्ट छन् । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन् । जहाँ हजारौंले रोजगार पाएका छन् ।

ठूलो जनशक्तिले हाल पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ । जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्नसक्ने पनि उनीहरुको चिन्ता छ । पर्यटन व्यवसायीका अनुसार अहिले गण्डकीमा मात्र करिब ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पर्यटन क्षेत्र फस्टाउँदै जाँदा जनशक्ति अभावको खड्को पर्यटन क्षेत्रले देखेको छ । तर पोखरामै पर्यटनका विभिन्न विषय अध्यापन गराउने शिक्षण संस्थाले भने विद्यार्थीले पर्यटन क्षेत्रमा पर्याप्त रोजगारी पाउन नसकेको गुनासो पनि गर्ने गरेका छन् ।

होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका विषय अध्यापन गराएर बर्सेनि सयौं विद्यार्थी उत्पादन गर्दा पनि ती विद्यार्थीले पर्यटनको राजधानी पोखरामा सहजै रोजगार नपाएको गुनासो शिक्षण संस्थाको छ । पर्यटन क्षेत्रको माग र शिक्षण संस्थाको उत्पादनमा तादम्यता नमिल्दा अन्योल भएको दुवै क्षेत्रको ठहर छ । पश्चिमाञ्चल मावि, पोखराले पर्यटन क्षेत्रका अगुवा व्यवसायीसँग बुधबार शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिलाई कसरी पर्यटन क्षेत्रको उपयोगमा ल्याउन सकिन्छ भन्नेबारे छलफल गरेको थियो । छलफलमा सहभागी व्यवसायीले जनशक्ति अभाव बढ्दै गएमा पर्यटन क्षेत्रको भविश्य पनि अन्योलमा पर्ने चिन्ता जनाए । शिक्षण संस्थाका पदाधिकारीले पनि युवा जनशक्तिलाई विदेश पलाउन हुन नदिन स्थानीयस्तरमा रोजगारमा अवसर र प्राथमिकता दिलाउन व्यवसायीलाई सुझाए ।

होटल संघ गण्डकी अध्यक्ष हरि शर्माले भने, ‘होटल व्यवस्थापन विषय पढाउँदैमा दक्ष जनशक्ति पूरा भयो भन्न मिल्दैन । पर्यटन क्षेत्रका लागि चाहिने सबै विषयका विद्यार्थी उत्पादनमा ध्यान दिन जरुरी छ ।’ उनका अनुसार इतिहासदेखि संस्कृति र भूगोल जान्ने जनशक्ति पनि पर्यटनमा आवश्यक छ, जसले विदेशी पाहुनालाई आवश्यक गाइड गर्न सकून ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले युवापुस्ता पलायन हुँदै जाँदा पर्यटन क्षेत्रमा पाको जनशक्तिको भरमा मात्र टिक्नुपरेको बताए । पाको जनशक्तिको उमेर सकिँदै जाँदा कुनै पनि बेला पर्यटन क्षेत्रलाई थप कामदारको अभाव हुनसक्ने जोखिम रहेकोले युवापुस्तालाई विदेशीनबाट रोक्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले तल्लो तहमा मात्र नभई माथिल्लो तहमा पनि जनशक्ति खाँचो रहेको बताए । ‘अब शिक्षण संस्थाले पर्यटनका लागि चाहिने सबैखालको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पोखरामै काम र दाम पाइने अवसर छ । त्यसको महत्व बुुझाउने हो भने स्वदेशमै रोक्न सकिन्छ ।’

रेबान पोखरा अध्यक्ष नरेश भट्टराईले पर्यटन क्षेत्रमा प्राविधिक जनशक्ति अभाव रहेको बताए । ‘होटललाई चाहिने इलेक्ट्रिसियनको अभाव छ । त्यसैले अब प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘वेटर, कुक, सेफ पनि अभावै छ । तर, प्राविधिक क्षेत्रका जनशक्तिको खाँचो बढी छ ।’

टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले विद्यार्थीलाई इन्टर्नसिप अनिवार्यता गर्ने हो भने जनशक्तिको अभाव केही कम गर्न सकिने बताए ।

होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले खोजेको जनशक्ति स्वदेशमा नपाएपछि विदेशीलाई महंगो पारिश्रमिक दिएर राख्नुपर्ने अवस्था रहेको बताए ।

पश्चिमाञ्चल माविका संयोजक देव क्षत्रीले पोखरामा करिब दर्जन संस्थाले होटल व्यवस्थापन विषय अध्यापन गराएर जनशक्ति उत्पादन गरेपनि पोखराकै लागि टिकाउ हुन नसकेको बताए । विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी पाठ्यक्रम पढाएर भएपनि अब्बल विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिने बताए ।

प्राचार्य सरोज कोइरालाले पर्यटन क्षेत्रका लागि आवश्यक कुनै पनि खालको जनशक्ति उत्पादनमा विद्यालयले साथ दिने वचन दिए । पश्चिमाञ्चल स्कुले हाल विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन विषय पढाउँदै आएको छ । आगामी शैक्षिक सत्रदेखि सौन्दर्यकला पनि पढाउने तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग