असारे रोपाइँ महोत्सव मार्गीमा

आदर्श समाज सम्वाददाता
असार १२, २०८१
rpopai fest (1)

पोखरा । पोखराको पर्यटन सबै मौसमका लागि’ मूल नाराका साथ पोखरामा यसपालि पनि असारे रोपाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले आजभन्दा झण्डै २ दशक अघि सुरु गरेको यो महोत्सवको १९ औं संस्करण यसपालि पोखरा २३, मार्गीस्थित फेवा फाँटमा हुने बुधबार पत्रकार सम्मेलनमा महोत्सव सयोजक तारानाथ पहारीले बताए ।

महोत्सवको स्थानीय आयोजकमा पोखरा महानगरपालिका वडा २३, मार्गी बगर टोल विकास संस्था, प्रवद्र्धक गण्की प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका कार्यालय छन् ।

असार १५ मा रोपाइँ महोत्सव मनाइरहँदा सरकारले समेत केही वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन सुरुआत गरेपछि यसको झनै महत्व बढेको परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् ।

पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, पोखरा सबै मौषमका लागि भन्ने नारा सार्थक बनाउँदै मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाइँ जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने, पोखरा घुम्न आएका विदेशी पर्यटक महोत्सवस्थलसम्म लैजाने, पोखरा घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश देशविदेशमा प्रचार गर्ने, कृषकलाई प्रोत्साहित गर्ने, मौलिक परम्परागत कृषिप्रणालीबारे जानकारी गराउने महोत्सवको उद्देश्य रहेको परिषद् अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा साउने प्रतियोगिता (हलगोरु दौड), आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगिता, हिलोमा दौड, रस्साकसी, भलिबल प्रतियोगिता समेत हिलोमै हुने छन् ।

महोत्सवमा लोकप्रिय गायिका समीक्षा अधिकारीको समेत उपस्थिति रहने बताइएको छ । साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली, निर्जला गुरुङm बालकाशी गुरुङ लगायत कलाकारको प्रस्तुति रहने आयोजक परिषद् महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

कृषिप्रधान मुलुक नेपाल र कृषि बालीमध्ये धान मुख्य बालीसँगै नेपालका अधिकांश जनताका भान्छाको प्रमुख परिकार हो । त्यसमाथि जेठोबुढो पोखराको पहिचान बनेको छ । तीव्र सहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धानखेती विगतका केही समय यता खस्कँदै गरेको अवस्थामा छ । बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आइरहेको छ । खेतीयोग्य जमिनसँगै सिमसार, रामसार क्षेत्रको संरक्षण प्राकृतिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती बन्दै गएको छ ।

रोपाइँ महोत्सवले कृषिप्रधान देशमा खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्ने, कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिने, युवालाई कृषि पेसामा संलग्न गराउनका साथै पर्यटकलाई नेपालको महत्वपूर्ण दिनको बारेमा जानकारी दिँदै उक्त रोपाइँको अनुभव दिने आयोजकको विश्वास छ ।

महोत्सव सम्पन्न गर्न पोखरा पर्यटन परिषद् र पर्यटनसम्बद्ध विभिन्न्न संघसंस्थाका प्रतिनिधिहरुसहितको १५ उपसमितिसहित ४५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको प्रचार प्रसार समिति सदस्य दीपेन्द्र पहारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग