कास्कीमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार १२, २०८१
Pahiro

symbolic pic.

पोखरा । अविरल वर्षापछिको पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति सवा २ बजेतिर मादी गाउँपालिका ५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको छ । सँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छन् ।

यसैगरी  पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटामा   कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ । उनकी आमा रितु सुनारको घाइते अवस्थामा उद्धार गरी  गण्डकी मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । 

Related News

सम्बन्धित समाचार

hero news full width