पोखरामा एसएमई एक्स्पो हुने

आदर्श समाज सम्वाददाता
असार ११, २०८१
SME Expo Photo

पोखरा । पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमई एक्स्पो तयारी गरेको छ । असार १३ देखि १७ सम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्स्पो साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा हुनेछ ।

मेलामा नेपालमा उत्पादित सामग्रीको स्टल रहने महासंघ अध्यक्ष हरि पराजुलीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामग्री आकर्षणका रुपमा रहने उनले बताए । उनका अनुसार मेलामा ५० बढी स्टल रहने छन् । मेलामा निशुल्क स्टल राख्ने व्यवस्था छ ।

अध्यक्ष पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामग्री, खाद्यान्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् ।

पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वय अभिवृद्धि गर्न एक्स्पो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् । देश विदेशबाट सांस्कृतिक नृत्य, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुति राखिनेछ । भारतका ४ प्रान्तका कलाकारले पनि सांस्कृतिक प्रस्तुति राख्ने जनाइएको छ ।

एक्स्पोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्स्पो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग