घरेलु चौरमा बहुउद्देश्यीय भवन

आदर्श समाज सम्वाददाता
असार १०, २०८१
lekhnath club

पोखरा । पोखरा २७ मा रहेको लेखनाथ युवा क्लबको आह्वान र अन्य सामाजिक संघ सस्थाहरूको सहकार्यमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको छ ।

पोखरा २७ को घरेलु चौरमा करिब ९६ लाखको लागतमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनमा विशेष गरी ब्याडमिन्टन खेल र धार्मिक कार्यक्रमदेखि विभिन्न संघ संस्थाका गतिविधिहरू पनि सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको हो ।

लेखनाथ युवा क्लबको अग्रसरतामा थालिएको भवन निर्माणमा पोखरा २७ को कार्यालय, स्थानीय आमा समूह तथा युवा क्लब, लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीहरुको सहयोग रहेको छ ।

पहिलो चरणमा पोखरा २७ वडा कार्यालयको २० लाख र क्लबले संकलन गरेको ३ लाख ६६ हजारबाट ट्रस निर्माण सम्पन्न गरिएको क्लबका अध्यक्ष वालगोपाल श्रेष्ठले जानकारी दिए ।

क्लबले निर्माण भएको ट्रसबारे जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले निर्माण हुने भवन वडाकै गहना र नमुनाको काम भएकाले यसको उचित रुपमा संरक्षण गर्दै आयआर्जनमा जोडिने खालका कार्यक्रम सञ्चालन गर्न सक्नुपर्ने सुझाव दिए ।

क्लबका अध्यक्ष वालगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौं सामाजिक सेवा समितिका अध्यक्ष गणेशभक्त अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समावेशी आमा समूहकी अध्यक्ष राधा काफ्लेलगायतले सबैको साथ सहयोगमा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने सुझाव राखेका थिए ।

संस्थाका सचिव सन्दीप थापाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष मे. रामप्रसाद गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग