पर्यटकीय राजधानीमा पर्यटन प्राथमिकता

आदर्श समाज सम्वाददाता
असार १०, २०८१
Mayor saab1

पोखरा । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले आगागी आर्थिक वर्षमा भ्रमण वर्षका रुपमा मनाउने भएको छ । पोखराका मेयर धनराज आचार्यले आइतबार आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पर्यटनलाई जोड दिएका छन् ।

‘पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेर प्रदेश र निजी क्षेत्रको सहकार्यमा १५ लाख पर्यटक पोखरा भिœयाउने अवधारणा सार्वजनिक गरेको छ । नेपाल आउने बाह्य पर्यटकमध्ये ६० प्रतिशत पोखरा ल्याउने नीति पनि लिएको छ । यस्तै पर्यटन प्रवद्धनका लागि ‘पोखरा सबै मौसमका लागि’ अभियान सञ्चालन गर्ने महानगरको योजना छ । पर्यटकी उपजको पाश्र्वचित्र र महहानगर पर्यटकीय गन्तव्य प्रोफाइल तयारमा जोड दिएको छ ।

पोखरा १ सिमपानीमा ‘मुक्तिक्षेत्र प्रवेशद्वार’ निर्माण प्रक्रिया थाल्ने मेयर आचायले बताए । पोखराको ३३ वटै वडामा एउटा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन उनको भनाइ थियो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनका लागि नेपाल सरकार तथा अन्य सरोकारवालहरुसँग आवश्यक समन्वय तथा पहल गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनास ताल र फेवातालसम्म नियमित बस सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ । पोखराको पुरानो विमानस्थलाई थप प्रभावकारी उपयोग सम्बन्धमा आवश्यक समन्वय र पहल गरिनेछ ।’
‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरुसँग समन्वय तथा साझेदारी गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गरिने योजना बनाएको छ । पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरुमा लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गर्ने महानगरले बताएको छ ।

पोखराको पुराना बस्तीहरुलाई संरक्षण र संवद्र्धन गर्न सम्पदा बस्ती सम्बन्धी छुट्टै कानुन बनाएर काम गर्ने कार्यक्रम अघि सारेको छ । पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको अभिलेखका लागि पर्यटक सूचना केन्द्र स्थापना गरिने मेयर आचार्यले जानकारी दिए । महानगरले आगामी वर्ष यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि ‘ट्राफिक तथा यातायात सुधार कार्ययोजना’ लागू गर्ने योजना बनाएको छ ।

पोखरा पर्यटन प्रवद्र्धनमा छुट्टै पहिचान बनाएको रोपाइँ महोत्सव, सडक महोत्सव, ड्रागनबोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहारारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल तथा अन्य खेलकुद प्रतियोगिता, फुड फेस्टिभल, हेमला आलु महोत्सव, लेखनाथ महोत्सव, प्याराग्लाइडिङ महोत्सव आयोजना थप प्रवद्र्धन गर्ने मेयर आयार्यले बताए ।

पोखरा महानगरले कृषितर्फ दिगो कृषिको आधार प्रांगारिक खेतीको विस्तारको अभियान अन्तर्गत प्रांगारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । ‘खेतीयोग्य गह्राः पारौं हराभरा’, ‘सिँचाइ क्षेत्रको विस्तार उत्पादन वृद्धिको आधार’, ‘मेकइन पोखरा मेडइन पोखरा’ जस्ता कार्यक्रमलाई प्राथमिकता राखिएको छ ।

गरिब परिवारलाई स्वास्थ्य बिमा र पानी, बिजुलीको न्यूनतम महसुल निशुल्क

महानगरपालिकाले गरिबीको रेखामुनि रहेकाहरुलाई स्वास्थ्य बिमा र पानी, बिजुलीको न्यूनतम महसुल निशुल्क गर्ने भएको छ । सर्वेक्षणको आधारमा पहिचान भएका गरिबीको रेखामुनि रहेकाहरुलाई स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निशुल्क हुने व्यवस्था मिलाइने उनले बताए ।

मानव विकासको सूचकांकको दृष्टिले पछाडि परेका दलित, आदिवासी, जनजाति आदि लक्षितवर्ग र समुदायको हितको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाइ छ । गरिबीको रेखामुनि रहेका ५ हजार ९ सय ४८ घरधुरी लक्षित विशेष कार्यक्रम समेत सञ्चालन गरिने आचार्यले बताए ।

‘घरदैलोमा स्वास्थ्य सेवा, जेष्ठ नागरिकलाई टेवा’, ‘उपमेयरसँग सुत्केरी’, ‘सिक्दै कमाउँदै कार्यक्रम’ सँगै पोखरामा साहसिक खेल प्रवद्र्धन गर्दै खेलकुदको सहरको रुपमा विकास गरिने मेयर आचार्यले बताए । पोखरा महानगरले धार्मिक, सांस्कृतिक सम्पदायुक्त, शान्त, सुन्दर पोखरा उपत्यकालाई आध्यात्म केन्द्रका रुपमा विकास गर्ने प्रक्रिया थालिने योजना बनाएको छ ।

मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति

मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ राजस्व लिनुपर्ने औंल्याएको छ । समितिले मणिपाल शिक्षण अस्पतालबाट प्राप्त गर्नुपर्ने राजस्व कति हो त्यसको यकीन गर्ने कार्यादेश पाएको छ ।

१० चैत २०७९ बसेको महानगरको १६ औं बैठकले प्राविधिक समितिले दिएको प्रतिवेदनको आधारमा १ करोड ७५ लाख रुपैयाँ राजस्व लिएर सम्पन्न प्रमाणपत्र दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई पोखरा महानगरको आइतबार बसेको १५ औं नगरसभाले बदर समेत गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त निर्णय बदरका लागि प्रस्ताव गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग