रुपाको बजेट ४६ करोड ७६ लाख

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
rupa budget (2)

पोखरा । रुपा गाउँपालिकाले ४६ करोड ७६ लाख ८२ हजार विनियोजन गरेको छ । चालु खर्चका लागि ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन ३७ लाख विनियोजन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि ७७ लाख, स्थानीय वस्तुको बजारीकरणका लागि १५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २२ करोड २० लाख विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको लागि ४ करोड ४२ लाख ३१ हजार विनियोजन गरेको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, जनजाति, बोटे, जलारी, सहिद, बेपत्ता परिवार, अपांग, मुस्लिम, कुमाललगायत जातजाति तथा वर्गको सशक्तीकरण तथा सुरक्षाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणतर्फ ६५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा, उपाध्यक्षसँग महिला कार्यक्रम, मनोपरामर्श तथा सचेतना, आत्महत्या र लागुऔषध दुव्र्यसनी निरुत्साहनलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाइ, फोहरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन, वन तथा भूसंरक्षण कार्यक्रम, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होम स्टे प्रवद्र्धनसहित अन्य पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धनका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ । सशर्त अनुदानको नमुना विद्यालयसहित पूर्वाधार क्षेत्रतर्फ १० करोड ८९ लाख विनियोजन गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग