मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
Mayor saab1

पोखरा । मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् । महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ राजस्व लिनुपर्ने औंल्याएको छ । समितिले मणिपाल शिक्षण अस्पतालबाट प्राप्त गर्नुपर्ने राजस्व कति हो त्यसको यकीन गर्ने कार्यादेश पाएको छ ।

१० चैत २०७९ बसेको महानगरको १६ औं बैठकले प्राविधिक समितिले दिएको प्रतिवेदनको आधारमा १ करोड ७५ लाख रुपैयाँ राजस्व लिएर सम्पन्न प्रमाणपत्र दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई पोखरा महानगरको आइतबार बसेको १५ औं नगरसभाले बदर समेत गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त निर्णय बदरका लागि प्रस्ताव गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग