नेत्रज्योति संघको योजना गोष्ठी

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
netrajyoti

पोखरा । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालले आगामी आर्थिक वर्ष सम्पादन गर्ने योजनाबारे छलफल गरेको छ । पोखरामा शनिबार भएको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीमा गण्डकी प्रदेश र कर्णाली क्षेत्रमा सञ्चालित आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुको योजनाबारे छलफल भएको हो ।

नेपाल नेत्रज्योति संघले पोखरा १७ मा हिमालय आँखा अस्पताल सञ्चालन गरिरहेको छ । ३ दशकअघि सञ्चालनमा आएको यो अस्पतालले गण्डकी र कर्णालीका विभिन्न जिल्लामा २७ आँखा उपचार केन्द्र चलाइरहेको छ । आइतबार आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुका इन्चार्जका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको छ ।
शनिबारको गोष्ठीमा अस्पतालको सेवा विस्तार, आँखा उपचार केन्द्रहरुको गुणस्तरमा वृद्धि, समुदाय तहमा आँखा जाँच एवं शल्यक्रिया पु‍¥याउने उपायबारे खोजी गरिएको अस्पतालको नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ गण्डकी अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले विगतका योजनाहरुको समीक्षा गर्दै नयाँ योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा हामीले बनाएका योजनाहरु कत्तिको कार्यान्वयन हुन सके, कति हुन सकेनन्, समीक्षा गर्नुपर्छ ।’ नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगरले विगतका कमी, कमजोरीको निर्मम समीक्षा गर्दै नयाँ योजना निर्माण गरिएको जनाए ।

हिमालय आँखा अस्पताल नेपालमा आँखा उपचारको जग र जरा भएको उल्लेख गर्दै उनले सरकारले गर्नुपर्ने काम गरे पनि सरकारबाट उचित सहयोग नपाएको जनाए ।
उनले अस्पतालका केही अत्यावश्यक सामानमा समेत मूल्य अभिवृद्धि कर लगाएकाले त्यो नहटे अस्पताल चलाउन सक्ने अवस्था नहुने उल्लेख गरे । अस्पताल व्यवस्थापन समिति सदस्य डा. नन्द श्रेष्ठले योजना गोष्ठीलाई औपचारिकतामात्रै नबनाउन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा…

hero news full width

trending post

ट्रेन्डिङ्ग