कस्तो आयो रुपा गाउँपालिकाको बजेट –

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
rupa budget (1)

पोखरा ।  कास्कीको रुपा गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएको छ । हेर्नुहोस पूर्णपाठ –

गाउँपालिका अध्यक्षज्यू,

प्रमुख प्रशासकीय अधिकृतज्यू,

सम्पूर्ण गाउँसभा सदस्यज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु,

शिक्षक,सुरक्षाकर्मी, पत्रकार एवम् रूपाबासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरू

  • नेपालको संविधानको धारा २३० बमोजिम रूपा गाउँपालिका, कास्कीको उपाध्यक्षको हैसियतले सम्मानित गाउँसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • प्रस्तुत बजेटलाई स्थानीय उत्पादनमा जोड, स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग, सिपमुलक तालिमद्वारा मानव संसाधनको विकास गरी उत्पादन र उत्पादकत्व बृद्धि तर्फको बजेटको रुपमा प्रस्तुत गरेको छु ।
  • रूपा गाउँपालिकाको विकास निर्माणलाई अगाडि बढाउने तथा गाउँपालिकाको अर्थव्यवस्थालाई गतिशील तुल्याउँदै गाउँपालिकाको दिर्घकालीन सोच रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान लाई सार्थक तुल्याउने अपेक्षा गरेको छु।
  • यस अवसरमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि बिभिन्न समयमा भएका ऐतिहासिक क्रान्ति,ससस्त्र आनदोलन लगायतका विभिन्न आन्दोलनमा आफ्नो प्राणको आहूति दिनुहुने ज्ञात-अज्ञात अमर सहिदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछु। घाइते योद्धा र बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान तथा परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु ।
  • नेपालको संविधानमा व्यवस्था भएअनुरुप सङ्घीयताको प्रादुर्भावसँगै स्थानीय तह सदस्य निर्वाचन, २०७९ सम्पन्न भई स्थानीय तहमा दोस्रो कार्यकाल निर्वाचित भएको दुइ बर्ष अवधि पुरा भएको छ ।यसबाट जनतामा नयाँ उत्साहको सञ्चार हुनुका साथै संविधान कार्यान्वयन एवं संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न महत्वपूर्ण योगदान पुगेको छ ।
  • आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक राज्य प्रणाली, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, रूपा गाउँपालिकाका कानून, आवधिक योजना, दिगो विकासका लक्ष्य, मध्यमकालीन खर्च संरचना  र गाउँपालिकाको नीति तथा कार्यक्रमलाई आधार मानेको छु ।
  • आगामी आर्थिक वर्षको व्ययको अनुमान गर्दा आर्थिक मितव्ययिता, कार्यान्वयन क्षमता, विकासको आवश्यकता तथा नागरिकका अपेक्षालाई प्राथमिकता दिएको छु। मुलुकको अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने, नीजि क्षेत्रको मनोबल उच्च पार्ने र रुपाको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक बर्षको बजेट निर्देशित गरेको छु । बजेट तर्जुमा गर्दा स्थानीय स्रोत र साधनको परिचालन गरी सेवा, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने योजना र कार्यक्रममा केन्द्रित भएको छु ।
  • आमजनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदाय लगायत लक्षित बर्गहरुलाई आर्थिक लाभको पहुँचमा पुर्याउने तर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु ।
  • बजेट निर्माणका क्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, विषयगत समिति तथा सरोकारवालाहरूसँग परामर्श तथा टोल बस्तीका योजना संकलन गरी अर्थतन्त्रमा देखिएको विद्यमान चुनौतीको सामना तथा गाउँपालिकाको सीमित स्रोत साधनका बाबजुद जनताका असीमित अपेक्षाहरूलाई सम्बोधन गर्ने प्रयत्न गरेको छु।
  • संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुदान कार्यक्रम, समपुरक अनुदान, विशेष अनुदान, समानीकरण अनुदान र सामाजिक सुरक्षा कार्यक्रममा प्राप्त हुने अनुदानलाइ सम्बन्धित कार्यक्रममा खर्च हुने गरी व्यवस्था मिलाएको छु ।

अध्यक्ष महोदय,

अब, म चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको संक्षिप्त वित्तीय प्रगति विवरण प्रस्तुत गर्दछु ।

  • चालु आर्थिक वर्षको बार्षिक बजेट शंसोधित अनुमान रु ४८ करोड ५७ लाख ९५ हजार ७ सय ९२ रुपैयामात्र रहेकोमा जम्मा आय तर्फ ३१ करोड ९ लाख ५७ हजार ९ सय २७ रुपैया गाउँपालिकाको संचित कोषमा प्राप्त भएको छ।जुन कुल लक्ष्यको जम्मा ६४ दशमलव ०१ प्रतिशत हुन आँउछ ।
  • चालु खर्च तर्फ ३४ करोड २२ लाख १ हजार ३ सय ९४ रुपैया व्यय अनुमान गरिएकोमा हालसम्म रु. २० करोड ८८ लाख ३० हजार ३ सय ६८ रुपैयाँ खर्च भएको छ।
  • पूँजीगत खर्च तर्फ रु. १४ करोड ३५ लाख ९४ हजार ३ सय ९८ रुपैयाँ विनियोजन भएकोमा हालसम्म ८ करोड २४ लाख १ हजार ४ सय २० रुपैयाँ खर्च भएको छ । हाल सम्मको औषत वित्तीय प्रगति ५९ दशमलब ३६ प्रतिशत रहेको छ ।

अध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्दछु ।

बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्:

  • अर्थतन्त्रलाई गतिशिल बनाउन स्थानीय उत्पादन र उत्पादकत्वमा जोड दिई उत्पादित बस्तुको विविधिकरण बजारीकरण तथा ‍औद्योगिकीकरण गर्ने ।
  • स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाई संघीयता कार्यान्वयन र सुदृढीकरण गर्ने।
  • संघ तथा प्रदेश सरकारको बलियो आधारका रूपमा स्थानीय सरकारको भूमिका थप प्रभावकारी बनाउने।
  • सुशासन, विकास र समृद्धि हासिल गर्न जोड दिँदै सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व कायम गरी सरकारी खर्चको उपादेयता बढाउने ।
  • उपलब्ध स्रोत र साधनको उचित परिचालन गर्दै प्राप्त प्रतिफलको न्यायोचित वितरण सुनिश्‍चित गर्ने ।
  • आर्थिक-सामाजिक र भौतिक पूर्वाधारहरूको विकास तथा निर्माणलाई तिव्रता दिने ।
  • संघ तथा प्रदेश सरकारहरूका बिचमा सुमधुर सम्बन्ध कायम गरी समन्वय र अन्तरसम्बन्धलाई सुदृढ तुल्याउने ।

माथि उल्लिखित उद्देश्य हासिल गर्न देहायअनुसारका क्षेत्रगत प्राथमिकता निर्धारण गरेको छु ।

  • कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,
  • लगानी प्रवर्द्धन तथा औद्योगिक विकास,
  • सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,
  • स्वास्थ्य क्षेत्रको विकास तथा सुदृढिकरण,
  • भौतिक पूर्वाधार विकासमा जोड,
  • डिजिटल तथा नवपर्वतनशिल स्थानीय विकास,
  • वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना,
  • सार्वजनिक सेवा प्रवाहलाइ गुणस्तरीय, पारदर्शी, सर्वसुलभ, समावेशी र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि ।

 

अध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्षको बजेटका मुख्य मुख्य क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • आर्थिक बिकासको क्षेत्र तर्फ रकम रु ४ करोड ९ लाख बिनियोजन गरेको छु ।
  • गाउँपालिकाले आगामी आर्थिक बर्ष युवाहरुलाई उद्यमी बनाइ स्वरोजगार बनाउन स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई युवाहरूलाई स्वरोजगार तर्फ उन्मुख गराउनका लागि रू ३७ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाभित्र रहेका कृषियोग्य भूमिहरुमा सिँचाइ सुविधा विकास र विस्तारको लागी संघ सरकार र गण्डकी प्रदेश सरकारसँग समन्वय हुने रकम रु २० लाख बिनियोजन गरेको छु ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम तथा यूवा रोजगारीका लागी रूपान्तरण पहल परियोजनाका लागि रु ७७ लाख रकम विनियोजन गरेको छु ।
  • सार्वजनिक निजी सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गरी वित्तीय क्षेत्रको प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • लघु उद्यम विकास कार्यक्रम मार्फत रोजगारी सिर्जनाका लागि रु १७ लाख रकम विनियोजन गरेको छु।
  • रूपाको आर्थिक विकासका लागि स्थानीय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र प्रवर्द्धन गरी स्थानीय श्रम सीप र कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापना तथा सो बाट उत्पादित बस्तुको वजारीकरणका लागि रू १५ लाख विनियोजन गरेको छु।
  • निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गरी दीगो कृषि विकासको माध्यमबाट रूपावासीको जीवनस्तरमा सुधार ल्याउन गाउँपालिकाको कृषि विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि एकमुष्ट रू २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरेको छु।
  • किसानको हात: गाउँपालिकाको साथ भन्ने मुल नाराका साथ पालिकाभित्र एक घर एक घार कार्यक्रम निरन्तरताको लागी रु ५२ लाख बजेट विनियोजन गरेको छु ।

अध्यक्ष महोदय,

  • सामाजिक बिकास तर्फ रकम रु २२ करोड २० लाख बिनियोजन गरेको छु ।
  • शिक्षा क्षेत्रको लागि रु १६ करोड ९ लाख ३९ हजार बिनियोजन गरेको छु।सो अन्तर्गत रूपा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास, विषयगत सिकाइ समूह परिचालन, परीक्षा तथा मूल्याङ्कनलाई प्रभावकारी बनाइ, शैक्षिक कार्यपात्रो, शिक्षक डायरी, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक, अनुगमन मूल्याङ्कन, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्‍चालन, विपन्न छात्रवृत्ति, अभिभावक शिक्षक अन्तरक्रिया तथा प्राविधिक शिक्षाका लागि कार्यक्रम कार्यान्वयन गरी दक्ष शैक्षिक जनशक्ती उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदानका शिक्षक, बालविकास सहजकर्ता एवम् विद्यालय कर्मचारीका लागि तलब भत्ताका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  • स्वास्थ्य क्षेत्रको लागी रकम रु ४ करोड ४२ लाख ३१ हजार बिनियोजन गरेको छु ।यस अन्तर्गत गाउँपालिकाभित्र प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम, आयुर्वेद सेवा कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, नर्सिङ्ग तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम, परिवार कल्याण कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, नियमित उपचारात्मक सेवा कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रम, महामारी रोग नियन्त्रण, गर्भवतीहरुलाइ क्याल्सियम वितरण कार्यक्रम, मुख स्याहार कार्यक्रम, मुटु कार्यक्रम, सुत्केरी प्रोत्साहन कार्यक्रम तथा विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमलाइ निरन्तरता दिदै आवश्यक बजेट विनियोजन गरेको छु ।
  • जेष्ठ नागरिक, महिला, बालबालिका, जनजाति, बोटे, जलारी, सहिद, वेपत्ता परिवार, अपाङ्ग, मुस्लिम, कुमाल लगायतका जातजाति तथा वर्गको सशक्तिकरण तथा सुरक्षाका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरण तर्फ रू ६५ लाख बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका अपाङ्गता परिचयपत्र प्राप्त गरेका अपाङ्ग ब्यक्तीहरुले स्वास्थ्य बिमा गर्न रुपाकोट अस्पतालमा पहिलो सेवा केन्द्र राखेमा निशुल्क स्वास्थ्य बिमाको लागी आवश्यक बजेट बिनियोजन गरेको छु ।
  • उपाध्यक्षसँग महिला कार्यक्रम, मनोपरामर्श तथा सचेतना, आत्महत्या र लागुऔषध दुर्व्यसनी निरुत्साहन लगायत बिभिन्न दिवसीय कार्यक्रमको लागी रु ३५ लाख बिनियोजन गरेको छु।
  • महिला, बालबालिका तथा लक्षित बर्गहरुको जीवनस्तर सुधारका लागि ब्यबसायिक उत्पादनमा आधारित एक वडा एक घरेलु उद्योग स्थापनाको लागि आवश्यक बजेट बिनियोजन गरेको छु।
  • गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवालाई ख्याल गर्दै गाउँपालिकाबाटै सेवा प्रवाह गर्न स्थापना गरिएको रूपाकोट अस्पतालको व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाई क्षेत्रका निम्ति रू २० लाख बजेट बिनियोजन गरेको छु।
  • गाउँपालिकाभित्र फोहरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन, वन तथा भु संरक्षण कार्यक्रमको लागी रु ४८ लाख बजेट विनियोजन गरेको छु।
  • रूपाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होम स्टे प्रवर्द्धन सहित अन्य पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धनका लागि रू २० लाख विनियोजन गरेको छु ।

अध्यक्ष महोदय,

  • सशर्त अनुदानको नमुना विद्यालय सहित पुर्वाधार क्षेत्रतर्फ रुकम रु १० करोड ८९ लाख बिनियोजन गरेको छु ।
  • रूपा गाउँपालिका, कास्कीको प्रशासकीय भवन निर्माणलाई आवश्यक बजेटको स्रोत सुनिश्चितता गर्दै आगामी आर्थिक बर्षको लागि रू १ करोड विनियोजन गरेको छु ।
  • रूपाकोट अस्पताल भवन निर्माणलाई स्रोत सुनिश्चितता गर्दै आगामी आर्थिक बर्षको लागि रु ५० लाख विनियोजन गरेको छु।
  • रूपा गाउँपालिका वडा नं २ को प्रशासकीय भवन निर्माण क्रमागत योजनाको लागि रू ७२ लाख विनियोजन गरेको छु।
  • रुपा गाउँपालिका वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो पक्की बनाउनका लागि रु २ करोड ९० लाख विनियोजन गरेको छु ।
  • रूपा गाउँपालिका, कास्कीको वडा नं १ को वडा कार्यालय जोड्ने सडकका लागि रु १ करोड ६० लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाभित्र निर्माण हुने झोलुङ्गे पुलहरू (चोरगौँडा बाँस्कोट दोभान खोला झोलुङ्गे पुल, विर्दी दोभान खोला झोलुङ्गे पुल, मोहोरिया रामकोट झोलुङ्गे पुल) निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत (स्थानीय सडक, पुल, तथा झोलुङ्गे पुल, भवन तथा सहरी विकास) का निम्ति रु ७ करोड ६० लाख ५० हजार विनियोजन गरेको छु ।
  • सूचना प्रविधिको विकास गरी रूपा गाउँपालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी, जनसहभागितामूलक बनाई असल शासनको अनुभूति दिलाउन रू १० लाख बजेटको व्यवस्था गरेको छु ।
  • राष्ट्रिय ग्रामिण तथा नवीकरणीय उर्जा कार्यक्रमलाइ निरन्तरता दिदै १२ लाख विनियोजन गरेको छु।
  • गरिव परिवार पहिचान गरी परिचयपत्र वितरण, किसान सूचिकृत गरि कृषक परिचयपत्र वितरण, भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रमको लागी आवश्यक बजेट विनियोजन गरेको छु।
  • कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रकम रु ८ करोड ९५ लाख ७५ हजार बिनियोजन गरेको छु ।
  • सेवा प्रवाह चुस्त तथा दुरूस्त गर्नका लागि गाउँपालिकाका ७ वटै वडाको व्यवस्थापन र खर्चका निम्ति आवश्यक रकम विनियोजन गरेको छु ।
  • रूपा गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको गण्डकी प्रदेश सरकारको मापदण्ड बमोजिम हुने गरी सुविधाका लागि आवश्यक रकम विनियोजन गरेको छु।
  • गाउँपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्ता लगायतका सेवा सुबिधाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • समुदायमा प्रहरी कार्यक्रम सञ्चालन तथा गाउँपालिभित्र सुरक्षा व्यवस्थापनका लागि रू ३ लाख विनियोजन गरेको छु।
  • गाउँपालिका स्थापना दिवस तथा विविध कार्यक्रम आयोजनार्थ आवश्यक रकम विनियोजन गरेको छु ।
  • गाउँपालिका र अन्य सरकारी तथा गैर सरकारी संस्थाको साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्नका लागि रू १० लाख विनियोजन गरेको छु ।
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रकम रु १ करोड बिनियोजन गरेको छु ।
  • गाउँपालिकाको न्यायिक समिति तथा समाजिक मेलमिलापकर्ता व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।

 

अध्यक्ष महोदय,

  • आर्थिक बर्ष २०८१।०८२ को अनुमानित आय व्यय विवरण र विभिन्न विषयगत क्षेत्रमा खर्च हुने गरी प्रस्तावित शिर्षकगत बजेट तथा कार्यक्रम यसैसाथ पेश गरेको छु ।
  • संघीय तथा प्रादेशिक कार्यालयबाट हस्तान्तरित बजेट तथा कार्यक्रमहरु सोही बमोजिम कार्यान्वयन गरिनेछ ।
  • आगामी आर्थिक बर्ष २०८१।०८२ को आर्थिक विधेयक, २०८१ र विनियोजन विधेयक, २०८१ यसैसाथ पेश गरेको छु।

गाउँपालिका अध्यक्षज्यू,

प्रमुख प्रशासकीय अधिकृतज्यू,

सम्पूर्ण गाउँसभा सदस्यज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु,

शिक्षक, सुरक्षाकर्मी, पत्रकार एवम् रूपाबासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरू

  • नेपालको संविधानको धारा २३० बमोजिम रूपा गाउँपालिका, कास्कीको उपाध्यक्षको हैसियतले सम्मानित गाउँसभामा चालु आर्थिक वर्ष २०८१/०८२ को संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • यस गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को क्षेत्रगत बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत संशोधन सहितको अनुमान प्रस्तुत गर्न चाहन्छु।
  • बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रू ४६ करोड ७६ लाख ८२ हजार खर्च हुने अनुमान गरेको छु । जस अन्तर्गत चालु खर्चका लागि जम्मा रू ३१ करोड ९४ लाख ५७ हजार अनुमान गरेको छु । भने पूँजीगत तर्फ रू १४ करोड ८२ लाख २५ हजार खर्च हुने संशोधित अनुमान पेस गरेको छु ।
  • आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रू ७ करोड ८९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्‍व बाँडफाँड तर्फ रू ७ करोड १५ लाख, नेपाल सरकार ससर्त अनुदान तर्फ रू २० करोड ८८ लाख ७ हजार , नेपाल सरकार समपुरक अनुदान तर्फ रू १ करोड ४५लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड रू ४९ लाख ४ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदान तर्फ रु ६० लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु ९४ लाख ८ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख, गाउँपालिकाको चालू आ. व को अल्या रकम रु ५ करोड ३० लाख १३ हजार र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू १ करोड ५६ लाख ५० हजार व्यहोरिने छ।
  • उल्लिखित आगामी आर्थिक बर्षको संशोधित बजेट सम्मानीत सभासमक्ष अनुमोदनको लागि अनुरोध गर्दछु ।

धन्यवाद ।

(लालसुब्बा गुरुङ्ग)

उपाध्यक्ष

रूपा गाउँपालिका कास्की

२०८१ असार ०९ गते आइतबार ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग