स्थानीय उत्पादन प्रवद्र्धन तालिम

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
training

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ मा रहेका महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धि तालिम दिइएको छ ।

महिला उद्यमी संघ कास्की, वडा कार्यालय पोखरा १६ र ग्रीन भ्याली बहुउद्देश्यीय सरकारी संस्थाको आयोजनामा २ दिनसम्म तालिम सञ्चालन गरिएको तालिम संयोजक वडा सदस्य मञ्जु नेपालीले जानकारी दिइन् । वडाभित्रका महिला उद्यमी सहभागी तालिममा खाद्यविज्ञ महेश बरालले प्याकेजिङ र लेबलिङ, सहकारीका अध्यक्ष प्रकाश आचार्यले बजारीकरण, वडा सचिव एवं सूचना अधिकारी श्रीराम पौडेल, प्रमिला पौडेलले उद्योग दर्ता प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए । यसअघि तालिम उद्घाटन गर्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले स्थानीयस्तरमा हुने उत्पादनलाई बजारीकरण गर्न र उत्पादन वृद्धिका लागि तालिम फलदायी भएको बताए ।

महिला उद्यमी संघ कास्कीका अध्यक्ष शारदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँ, रामकाजी गुरुङ, कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेत, गोविन्द आचार्य लगायतकाले पोखरा १६ कृषि उत्पादनका लागि महत्वपूर्ण क्षेत्र भएको बताए ।

कार्यक्रम संयोजक नेपालीले स्थानीय उद्यमी र उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकार सदैव तयार रहेको बताइन् । संघका अध्यक्ष बरालले कोसेली घर निर्माण गरी बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

त्यस क्षेत्रका महिलालाई कृषि उत्पादनमार्फत् आम्दानीका लागि ग्रिन भ्याली सहकारीले प्रोत्साहन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग