करन बने नेपाल आइडल, पोखराकी सलोमी फस्ट रनर अप

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
448882656_1325543198834269_6269412674321176684_n

पोखरा। करन परियारले नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन् । भोटिङ आधारमा शनिबार ग्रान्ड फिनालेमा उनलाई नेपाल आइडल घोषणा गरिएको हो ।

बर्दियाका करन कमजोर आर्थिक पृष्ठभूमिबाट नेपाल आइडलको भव्य पृष्ठभूमिमा छिरेका थिए । आफ्नो जादुमयी स्वरले उनी आखिर पाँचौं नेपाल आइडल बनेका हुन् । उनले नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन् ।
ग्रान्ड फिनालेमा उत्कृष्ट ४ जना थिए । फस्ट रनर अप पोखराकी सलोमी गुरुङ भइन् । सेकेन्ड रनर अप सचिन विश्वकर्मा भए । मोहित भुजेल थर्ड रनर अप भए ।

देशका विभिन्न भागबाट सहभागी प्रतिस्पर्धीबीच ३१ औं श्रृङ्खलासम्म चलेको थियो ।

नेपाल आइडलमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए।

पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल हुन् । नेपाल आइडल सिजन २ देखि ४ सम्म क्रमशः रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापा मगर हुन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग