विश्व ओलम्पिक दिवसमा माउन्ट अन्नपूर्णमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
Mount annapurna

पोखरा । विश्व ओलम्पिक दिवस अवसरमा माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले तीनदिने विविध कार्यक्रम आयोजना गरेको छ ।

अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका छात्र प्रसुन अधिकारी, गण्डकी बोर्डिङ स्कुलकै छात्रा समता थापा, बाल विया बोर्डिङ स्कुलका छात्रा अर्चना सिके र शान्ति निकेतनकी आदिती पराजुली क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।

निबन्धलेखनमा डिज्निल्याण्ड एकेडेमीका छात्रा स्मृति लम्साल बाल प्रभात बोर्डिङ स्कुलका छात्र सतिस अर्याल, माउण्ट अन्नपूणकी छात्रा एन्जल पाण्डे र अल्फा बोर्डिङका छात्र रिदम थापा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।

वर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकमा निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता भएको हो ।

२२ विद्यालयका छात्रा ३२ र छात्र १२ गरी ४४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए

माउण्ट अन्नपूर्णका प्राचार्य सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं विद्यालय निर्देशक तेजबहादुर गुरुङले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको उपलक्ष्यमा विद्यालयले गरेको रचनात्मक कार्यको प्रशंसा गर्दै विद्यालय तथा सम्पूर्ण सहभागीलाई धन्यवाद दिए ।

कार्यक्रम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले प्रतियोगिताको विषयबारे जानकारी गराउँदै सबैलाई स्वागत गरे ।

निबन्धतर्फ लक्ष्मी थापा, नारायण बराल, दण्डपानी सुवेदी र वक्तृत्वकलामा अनिल पराजुली, पिताम्बर पौडेल र उमेश खनाल निर्णायक थिए । दुवै विधामा विजेतातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजारसहित पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

विद्यालयले बास्केटबल प्रतियोगिता पनि आयोजना गरेको छ । बास्केटबलमा छात्रातर्फ ६ र छात्रतर्फ २४ टिम सहभागी रहेको प्राचार्य श्रेष्ठले बताए ।

बास्केटबल छात्रातर्फ विभिन्न १२ खेल र छात्रातर्फ २ खेलहरु सम्पन्न भएको खेल शिक्षक अन्जेल पुनले बताए ।

बास्केटबलमा विजयी टिम (छात्र) प्रथम, द्वितीय र तृतीय पुरुस्कार क्रमशः २० हजार, १० हजार र ५ हजार साथमा पदक र प्रमाणपत्र रहेको छ ।

छात्रातर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ९ हजार, ६ हजार र ३ हजार साथमा पदक र प्रमाणपत्र रहेको विद्यालय प्रशासक चित्रबहादुर गुरुङले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग