ओटेफको सहयोग

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
otef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्चले जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई सेनेटरी प्याड, म्याट्रेस तथा युरोगार्ड वितरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याडलगायत सामग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् ।

उनका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २ सय थान, म्याट्रेस १ रोल र युरो गार्ड १ थान हस्तान्तरण गरिएको हो ।

मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्षता जमुना पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, मञ्चका पदाधिकारीलगायतको उपस्थिति थियो ।

मञ्चले स्वदेश एवं विदेशमा पर्यटन राजधानी पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग