‘स्व’ को पोखरामा गृहविमोचन

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
Swo Photo

पोखरा । काठमाडौंमा गत हप्ता विमोचन गरिएको साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ को शनिबार गृहविमोचन गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र तीर्थ श्रेष्ठले ‘स्व’ को गृह विमोचन गरे ।

विमोचनपछि श्रेष्ठले पोखराबाट पाठकमाझ अब्बल पुस्तक आएको बताए । बौद्धिकताको फराकिलो बाटोबाट उपन्यास लेखिएको उनको भनाइ छ । श्रेष्ठले भने, ‘नेपाली आख्यानमा स्वको उपस्थिति दरिलो छ ।’ लेखक गनेस पौडेल र साहित्यकार रिता अधिकारीले पुस्तकको परिचर्चा गरेका थिए । कलाकार अनुप बराल र दिया मास्केले उपन्यासको अंशवाचन गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारले ‘स्व’ को गृह विमोचनको चाँजोपाजो मिलाएको हो । ७ वर्षअघि प्रतीक्षाले ‘नथिया’ उपन्यास लेखेकी थिइन् । पाठक र समीक्षकको प्रतिक्रियाले हौसिएकी उनको यो दोस्रो उपन्यास हो ।

समाज, दर्शन र चिन्तनलाई पुस्तकमा समेटेको सरस्वती प्रतीक्षाको भनाइ छ । बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेखेको उनले बताइन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘स्व’ २९६ पृष्ठ लामो छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग