आर्चरीमा कास्की च्याम्पियन

आदर्श समाज सम्वाददाता
असार ८, २०८१
Archery gamedd Main

पोखरा । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । कुल ९ पदकका लागि भएको प्रतियोगितामा कास्कीले ३ स्वर्ण, २ रजत र २ कास्य जितेको हो । बागलुङ १ रजतका साथ दोस्रो र म्याग्दी १ काश्य पदकका साथ तेस्रोमा सीमित भयो ।

पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा शनिबार भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सीमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश पुनले बागलुङका दुर्गा घर्तीलाई ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी काश्य पदक जिते ।

रिकर्व उमेन्स सिंगल्समा कास्कीकी रोजिना थापा मगरले स्वर्ण पदक जितेकी छन् । उनले फाइनलमा ६–० ले कास्कीकै केशरी आले मगरलाई पराजित गरेकी हुन् भने अनुस्का शेरचनले काश्य पदक जितेकी छन् । उनले तेस्रो स्थानको खेलमा कास्कीकी कृषा गुरुङलाई ७–१ अंकले पाखा लगाएकी थिइन् ।

यसअघि, सेमिफाइनलमा अनुस्काले केशरी संग ५–५ ले बराबरी खेलेपछि खेल टाइ भएको थियो । जसमा केशरीले १ अंकले बाजी मार्दै फाइनलमा पुगेकी थिइन् ।

स्टान्डर्ड मेन्स सिंगल्समा कास्कीका होम फगामीले फाइनलमा बागलुङका प्रजीत घर्ती मगरलाई ६–० ले पराजित गरी स्वर्ण पदक जिते भने कास्कीका गणेश तिलिजाले म्याग्दीका सुमन पाइजालाई ६–४ ले हराउँदै काश्य पदक जिते ।

मेन्स रिकर्व सिंगल्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश ३० हजार, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सोही इभेन्टतर्फ उमेन्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्टान्डर्ड मेन्स सिंगल्सतर्फका विजेताले स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश २० हजार, १५ र १० हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले बताए ।
विजेतालाई प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, नेपाल आर्चरीका संस्थापक हरिध्वज तुलाचन, अग्रज समाजसेवी मीनबहादुर शेरचन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग