स्केटबोर्ड प्रतियोगितामा समीर प्रथम

आदर्श समाज सम्वाददाता
असार ७, २०८१
Skate Board Photo

पोखरा । विश्व स्केट बोर्ड दिवस अवसरमा नेपाल स्केट बोर्ड संघले पोखरामा शुक्रबार ११ औं जिल्लास्तरीय खुला स्केट बोर्ड प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा समीर भण्डारी प्रथम भए । सुमीत गुरुङ द्वितीय र अनिस गुरुङ तृतीय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले बताए । प्रथमले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितीयले स्केट ट्रक र तृतीयले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।

स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिस गुरुङ, द्वितीय र सुमीत गुरुङ तृतीय भए । स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्वितीय बने । उनीहरुसँगै प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइरालालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक अधिकारीले बताए । प्रतियोगितामा १३ खेलाडीले भाग लिएका थिए ।

विजेतालाई पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, नेपाल स्केट बोर्ड संघ अध्यक्ष रामचन्द्र कोइराला, वरिष्ठ उपाध्यक्ष सुनिल क्षत्री, उपाध्यक्ष, विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पूर्व बक्सिङ खेलाडी भट्टराईले खेलकुद सहरको गहना भएको बताए । ‘खेलकुद सहरको गहना हो । जुन सिटीमा खेलकुद हुन्छ भने त्यो समृद्ध सिटी हो,’ उनले भने, ‘अनि विश्वमा नेपाल चिनाएको एउटा हिमालले हो अर्को भनेको खेलकुदले नै हो ।’ यसैकारण सरकारले खेल क्षेत्रमा लगानी गर्न जरुरी रहेको उनले सुनाए ।

नेपाल स्केट बोर्ड संघ अध्यक्ष रामचन्द्र कोइराला, कार्यक्रम संयोजक तारानाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुनबहादुर लामा लगायतले स्केटबोर्ड खेल विकासका लागि सरकारले लगानी थप्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग