फेवातालमा पौडिने क्रममा डुबेर मृत्यु

आदर्श समाज सम्वाददाता
असार ७, २०८१
fewa

पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका २, नौडाँडा घर भइ हाल लेकसाइडको क्वीन पार्कमा कार्यरत अन्दाजी २५ वर्षीय सञ्जय भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दिउँसो करिब ५ बजे उनी तालमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो । उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।

उनी अन्य ४ जना साथीहरुसँग मिलेर पौडी खेल्न गएकामा अन्य सकुशल छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग